कलाकारको चिनारी धुमिलिँदै जाँदा स्थापित बनेको नाम - 'बेन्टले'की दिदी

पहिलोपोष्ट

काठमाडौँ

जब उनको मुखमा पुलुक्क देख्थे अनि ग्राहक अचम्मित हुन्थे। अनि अधिकांशको मुखबाट एउटै शब्द निस्किन्थ्यो - तपाईँ त टिभीमा देखिने कलाकार होइन र?

उनीहरूले नचिनेर प्रश्न गरेका हुँदैन थिए। एउटा कलाकारलाई जुत्ता बेच्दै गरेको देख्दा उनीहरुको अनुहारमा आश्चर्यको भाव झल्किन्थ्यो। उनीहरूको आशय कलाकारले पनि जुत्ता बेचिरहेको अवस्था भन्ने बुझिन्थ्यो।

झन्डै २७ वर्षअघिको सन्दर्भ। अहिले जस्तो सामाजिक सञ्जाल कहाँ हुनु? न अहिले झै च्याउसरी च्यानल। धेरैका घरमा टेलिभिजनको नाममा नेपाल टेलिभिजनमात्र चल्ने। धेरैजसो त श्यामश्वेत नै। हप्तामा केही मिनेटमात्रै काँचको पर्दामा झुलुक्क देखिने अनुहार पनि धेरैका लागि परिचित। साह्रै थोरै संख्यामा मात्र थिए जो नाटक हेर्न नाटकघरसम्म पुग्थे। यसरी धाउनेहरुले नचिन्ने त कुरै रहेन।

कलाकारितामा बनाएको त्यही परिचयले उनलाई पसलमा बस्दा कहिले काहीँ सताउँथ्यो पनि। कहिले रमाइलो पनि लाग्थ्यो त कहिले दिक्दारी। पसलमा आउनेहरुको कुराले हाँसो पनि लाग्थ्यो। त्यही अफ्ठ्यारो महसुस गरेका क्षणहरू पनि उनीसँग धेरै नै छन्।

पसलमा आउनेहरु त्यहाँका लागि ग्राहक भए पनि उनका लागि सधैँका दर्शक हुन्थे। पसलमा सामान किन्न पुग्नेहरू उनको अनुहार देखेपछि आफ्नैजस्तो ठान्थे र डिस्काउन्ट माग्न हिच्किचाउँदैन थिए। तर, उनी दर्शक आए भन्दै न त सामान सित्तैमा दिन सक्थिन् न त चर्कोगरी भाऊ घटाउन नै। उनका 'दर्शक' अर्थात् ग्राहकहरु विभिन्न बहानामा सस्तोमा सामान खोज्थे। तर, उनी त्यहाँ थिइन् जहाँ दर्शक र कलाकारको सम्बन्धले काम गर्थेन। एउटा व्यापारी र ग्राहकबिच जेजस्तो चल्थ्यो त्यही हुन्थ्यो।a

प्रकाशित मिति: : 2021-11-06 20:29:00

प्रतिकृया दिनुहोस्