अमेरिकाले चिन्ने नेपालका ​'टोपीवाला' प्रधानमन्त्री !

लोकान्तर

सुशील पन्त

इडन (अमेरिकी राष्ट्रपति जो बाइडन)सँग विशेष रूपमा भेट भयो । म टोपी लगाएर गएको थिएँ, देखेपछि चिनिहाले । पहिला नेपाल आएका रहेछन् । नेपाल खुब मनपर्छ भने । जोनसन (बेलायती प्रधानमन्त्री बोरिस जोन्सन)ले नेपालको बारेमा सबै कुरा थाहा पाएका रहेछन् । पूरा सहयोग गर्ने कुरा गरेका छन् ।

बेलायतबाट स्वदेश फर्किने क्रममा बिहीवार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी राष्ट्रपति जो बाइडनसँग भएको भेटवार्ताबारे जानकारी गराउँदै भने ।

देउवाले गरेको दाबीलाई नै हेर्दा पनि टोपी लगाएको हुनाले मात्र बाइडनले चिने, अन्यथा चिन्ने रहेनछन् । 

देउवाको अभिव्यक्तिले नेपाल कूटनीतिक रूपमा र सामरिक रूपमा कहाँ छ, भन्ने देखाउँछ । मानौं नेपालको पहिचान भनेकै त्यही एउटा भादगाउँले टोपी हो । नेपालको अरू पहिचान र परिचय छैन । केवल  टोपी लगाएर उभिएको एउटा मानिसले नेपालको प्रतिनिधित्व गर्छ । 

कूटनीतिक मामिलाका जानकारहरूका अनुसार अमेरिकी राष्ट्रपतिको भेटवार्ता पूर्वनिर्धारित हुन्छ । न कि देउवाले दाबी गरेको जस्तो भादगाउँले टोपी लगाएको मान्छे देख्दैमा यो नेपालको प्रधानमन्त्री भनेर हात मिलाउन गएका हुन् ।

प्रकाशित मिति: : 2021-11-05 18:36:00

प्रतिकृया दिनुहोस्