हातले बनाउने नेपाली लक्ष्मी र भारतबाट आयातीत लक्ष्मीको तस्विरमा के फरक छ?

पहिलोपोष्ट

काठमाडौं

काठमाडौं : आज लक्ष्मी पूजा। साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व मनाइँदैछ।

तिहारको लागि हाल नेपालमा हरेक वर्ष ठूलो संख्यामा लक्ष्मीको तस्विर आयात गर्ने गरिएको छ। नेपाली बजारमा पाइने प्रिन्टेड र टल्कने लक्ष्मीका चित्रहरु प्राय भारतको चेन्नई र बनारसमा छापिन्छन्। त्यस्ता चित्रहरुमा छापिएको स्थान र कम्पनीको नाम पनि हुन्छ। लक्ष्मीको तस्विरको आकार, डिजाइन हेरेर मूल्य निर्धारण हुन्छ। एउटा फोटोको मूल्य १० रुपैंयादेखि १५० सम्म पर्छ। फ्रेमसहितको तस्विर भने ५० देखि ४०० भन्दा बढी मूल्यमा पाइन्छ।

लक्ष्मीको तस्विर तयार गर्नका लागि चाहिने काठको फ्रेम नेपालमै बन्छ तर सिसा भने चीनबाट आयात गरिन्छ। चीनबाट ल्याइने सिसा भारतको भन्दा सस्तो हुने भएकाले बजारमा त्यसको धेरै खपत हुन्छ। 

बजारमा अहिले डिजिटल लक्ष्मी पनि देख्न सकिन्छ। धेरै जसो डिजिटल लक्ष्मी भारतबाट आयात गरिएको हुन्छ। अहिले चीनबाट पनि त्यस्ता सामाग्रीहरु आयात गरिन्छ। ३०० देखि १००० भन्दा बढी मूल्य पर्ने डिजिटल लक्ष्मी बजारमा पाइन्छ।

प्रकाशित मिति: : 2021-11-04 19:14:00

प्रतिकृया दिनुहोस्