तिहारमा यसरी बनाउनुहोस् रंगोली !

तिहार अर्थात् झिलिमिलीको पर्व। तिहार सुरु भएसगैँ सबैको घर–आँगन झिलिमिली बत्ति र फुलहरुले सजाउन थालिसकेको छ। अहिले अधिकांश मानिस घरको सरसफाई गर्ने, झिलिमिली बत्ति राख्ने र घरलाई फुलहरुले सजाउने काममा व्यस्त भइरहेका छन्। तिहारमा दियो बाल्नु जत्तिकै महत्व रंगोली बनाउनु पनि छ।

घरमा रंगोली बनाउनाले माता लक्ष्मी खुसी हुने विश्वाससमेत गरिन्छ।  त्यसैले लक्ष्मी पुजाको दिन माता लक्ष्मीको स्वागतमा घरको दैलोमा रंगोली बनाउने परम्परा रहि आएको छ। रंगोलीलाई शुभकार्यको प्रतीक मानिन्छ। यसले घरको सजावटमा पनि भूमिका खेल्छ।  त्यसैले आउनुहोस् जानौँ रंगोली बनाउने तरिकाबारे।

१.रंगोली बनाउनुभन्दा पहिला यो राम्रोसँग सोच्नु होला कि रंगोली घरको कतातिर बनाउने हो।

२.ठाउँ अनुसार रंगोलीको डिजाइन सुरुमै सेलेक्ट गर्नुपर्ने हुन्छ।

३. सेलेक्ट गरिएको डिजाइन चकले सुरुमै कोर्नुहोस्।

४. बनाइएको डिजाइनमा आफुलाई मनपर्ने रंग हाल्नुस्।

५. रंगोली बनाउँदा छान्नेको मदतले भर्ने गर्नुस। यसो गर्नाले रंग छरिने समस्या हुने छैन।

६. रंगोलीको बाहिरी भाग बनाउँदा सधै प्लास्टिकको कोनको प्रयोग गर्ने गर्रौँ। यसले गर्दा रंगोलीको बाहिरी भाग बिग्रीने छैन।

७. रंगोलीको बाहिरी भाग बनाउँदा रंग छरिने हुँदा ध्यान दिनुहोला। यदी रंगोलीमा हल्का रंग भरिएको छ भने बाहिरी रंग गाढा लगाउनु पर्ने हुन्छ। यदी गाढा रंग भित्र प्रयोग गरिएको छ भने बाहिर फिका रंगको प्रयोग गर्नु पर्ने हुन्छ।

८. यदी तपाइलाई नयाँ तरिकाले रंगोली बनाउन मन छ भने रंगिन चामललाई पनि तपाई रंगको साटो प्रयोग गर्न सक्नु हुनेछ।

९. तपाई रंगीचंगी फुलको मदतले पनि रंगोली बनाउँन सक्नु हुनेछ।

१०.रंगोली बनाए पछि त्यसलाई दियो या मैनबतीले पनि राम्रोसँग उज्यालो हुने गरी सजाउनुहोस्।

 

 

 

 

 

 

 

प्रकाशित मिति: : 2021-11-04 13:22:00

प्रतिकृया दिनुहोस्