तुफान, लैला, कुशल, जंगे लगायतलाई पछि पार्दै उत्कृष्ट ठहरियो 'जम्बो', अनुसन्धानमा अब्बल !

लोकान्तर

गगन अर्याल

गत असोज १७ गते बिहान सल्यानको बाघचौर नगरपालिका– २ गौरीकी रामकली खत्रीको हत्या भयो । हत्यापछि प्रहरीले अनुसन्धान शुरू गर्‍यो, तर हत्यारा पत्ता लगाउन कठिन भयो । 

त्यसपछि प्रहरीले कर्णाली प्रदेश प्रहरी कार्यालय केनाइन शाखामा खटेको जर्मन सेफर्ड जातको ‘जम्बो’ नामको कुकुरलाई अपराध अनुसन्धानमा खटायो ।

प्रहरीले घटनास्थलमा हत्या गर्न प्रयोग गरिएको इँट्टाको टुक्रा र लोहोरो फेला पारेको थियो । त्यसैका आधारमा प्रहरीले हत्याराको खोजी गर्न ‘जम्बो’लाई खटायो ।

उसले घटनामा भएका प्रमाणहरूलाई सुँघेर अघि बढ्दै जाँदा घटनास्थलभन्दा २ किलोमिटर पर सडक खन्ने जेसीभीमा गएर रोकियो । उसको संकेत हत्यारा जेसीभीका चालक वा सहचालक भएको हुन सक्ने थियो । प्रहरीले त्यसैका आधारमा दुवै जनालाई पक्राउ गरेर अनुसन्धान गर्दा हत्यारा उनीहरू नै भएको प्रमाणित भयो ।

प्रकाशित मिति: : 2021-11-03 10:53:00

प्रतिकृया दिनुहोस्