तिहारमा ‘महङ्गो’ झिलिमिली

आयोमेल

कृष्णा शर्मा

मध्यपूर ठिमिस्थित बोडे बस्ने रामकाजी खाप्येले घर झिलिमिली पार्नका लागि बत्ती खरिद गरिसकेका छन्। हरेक वर्ष तिहारको समय उनले बत्तीको खरिद गरी घर सजाउने गरेको बताउँछन्।

‘विगत केही वर्ष यतादेखि मैले झिलिमिली बत्ती बाल्दै आएको छु,’ खाप्ये भन्छन्,‘ यसरी तिहारमा घर झकिझकाउ हुँदा निकै रमाइलो लाग्ने गर्दछ।’

उनले हरेक वर्ष धनतेरसको दिनदेखि नै बत्ती बाल्न सुर गर्ने गरेको बताए।

यस्तै गठ्ठाघर बस्ने राजु नेपालले पनि झिलिमिली बत्तीका लागि १५ हजार रुपैयाँ खर्च गरिसकेका छन्।

दुई दिनअघि मात्रै उनले १५ हजार रुपैयाँको बत्ती खरिद गरेको बताए। यसबाहेक गत वर्षकै थप बत्तीपनि उनले प्रयोगमा ल्याएका छन्। झिलिमिली बत्ती प्रयोग गरेर उनले घर भकमक्क पारिसकेका छन्।

गाउँघरम अझैपनि दियोको बत्ती नै प्रयोग गरिए पनि सहरमा भने पछिल्ला केही वर्षयता झिलिमिली बत्तीको प्रयोग बढ्दो छ। सहरी क्षेत्रमा तिहार सुरु हुनु केही दिन अघिबाटै बत्तीको रौनक देख्न सकिन्छ। काठमण्डौं, पोखरा लगायतका सहर त यतिबेला बत्तीले नै ढाकिएका हुन्छन्।

प्रकाशित मिति: : 2021-11-03 10:46:00

प्रतिकृया दिनुहोस्