बलिउडका किंग अर्थात् शाहरुख खान। जसले आफनो जिवनमा कयौँ सुपरहिट फिल्म दिएका छन्। तर केहीँ यस्तो फिल्महरु पनि छन्, जसलाई खानले रिजेक्ट गरेका थिए। जुन फिल्महरु सुपरहिट हुन सफल भयो। त्यसैले आउनुहोस् चर्चा गरौँ सो फिल्मबारे, जसलाई खानले रिजेक्ट गरेका थिए।
कहो ना प्यार है
यस फिल्मबाट ऋतिक रोशन रातारात हिट भएका थिए। तर केहीँ व्यक्तिलमई मात्र थाहा छ, यो फिल्म गर्न सुरुमा शाहरुख खानलाई अफर आएको थियो। जसकारण उनका ‘फेन्स’ समेत दुखी भएका थिए। तर उनले फिल्मलाई रिजेक्ट गरेर बलिउडले अर्को सुपरस्टार पाएका थिए।
लगान
सुरुमा यस फिल्मका लागि आशुतोष गोवारिकरले शाहरुखलाई अफर गरेका थिए। भलेही अमिर खान पहिलो रोजाई थिए तर उनले फिल्म खेल्न अस्विकारेपछि शाहरुखलाई फिल्म गएको थियो। तर उनले पनि फिल्म सफल नहुने भन्दै अभिनय गर्नका लागि अस्विकार गरेका थिए। त्यसपछि आशुतोषले फिल्म गर्नका लागि अमिरलाई मनाए।
जोधा अकबर
आशुतोष गोवारिकर चाहान्र्थँ कि फिल्म जोधा अकबरमा शाहरुख खानले अभिनय गरुन्। तर उनले आफनो परिवारसँग समय बिताउने भन्दै फिल्म नखेल्ने बताएका थिए। जसकारण ऋतिक रोशनले पाएका थिए। जुन सुपरहिट साबित भयो।
मुन्नाभाई एमबीबीएस
राजकुमार हिरानी र विधु विनोद चोपड़ाले यस फिल्मका लागि शाहरुख खानलाई अफर गरेका थिए। तर उनको रिजेक्टपछि उनको रोल संजय दत्तलाई मिल्यो।
रंग दे बसन्ती
राकेश ओमप्रकाश मेहराको फिल्म रंग दे बसन्तीमा पहिलो रोजाई शाहरुख खान थिए। तर उनले फिल्म खेल्न नमानेपछि फिल्मका लागि अमिर खानलाई अफर गरिएको थियो। जुन अहिलेसम्म पनि चर्चित छ।
रोबोट
रजनी कान्तका सुपर हिट फिल्म रोबोटले ३७५ करोड कमाएका थिए। तर सायदैलाई थाहा छ, सो फिल्मका लागि साउथ डायरेक्टर शंकरले शाहरुख खानलाई अफर गरेका थिए। तर उनीसँग कुनै सहमति हुन नसकेपछि रजनी कान्तलाई अफर गरिएको थियो।
एक था टाइगर
फिल्म एक था टाइगरमा अभिनय गर्नका लागि शाहरुख पहिलो रोजाई थिए। तर जब उनले फिल्म रिजेक्ट गरे तब सलमान खानले फिल्ममा रोल गर्नका लागि मौका पाए। फिल्म हिट साबित भयो।