कर्णाली प्रदेशको मुख्यमन्त्रीमा काँग्रेसका नेता जीवन शाहीकाे दावी

फाइल तस्वीर
फाइल तस्वीर

नेपाली काँग्रेस प्रदेशसभा संसदीय दलका नेता जीवनबहादुर शाहीले कर्णाली प्रदेशको मुख्यमन्त्रीमा दावी पेश गर्न लागेका छन्।

मुख्यमन्त्रीमा दाबी पेश गर्न चाहिने कागजी दस्तावेज तयार गर्ने काम भइरहेको कांग्रेस प्रदेशसभा दलका सचेतक हिमबहादुर शाहीले बताए।

'सत्ता साझेदार दलहरुको सहभागितामा दावी पेश गरिन्छ। अहिले त्यसको लागि तयारी चलिरहेको छ,' उनले भने, 'आजै दिउँसोसम्म दावी पेश गर्ने तयारी छ।'

प्रदेश प्रमुख गोविन्द प्रसाद कलौनीले मंगलबार बेलुका साढे ७ बजेभित्र मुख्यमन्त्रीको लागि दावी पेश गर्न आह्वान गरेअनुसार दावी पेश गर्न लागिएको हाे।

माओवादीका महेन्द्रबहादुर शाहीले सोमबार मुख्यमन्त्रीबाट राजीनामा दिएपछि कांग्रेसका जीवन शाही नेपालको संविधानको धारा १६८ (२) बमोजिम मुख्यमन्त्रीमा नियुक्त हुँदैछन्।

उनी नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको समर्थनमा मुख्यमन्त्री हुँदैछन्। सचेचक शाहीका अनुसार आजै मुख्यमन्त्रीको सपथ हुनेछ।

प्रकाशित मिति: : 2021-11-02 11:31:00

प्रतिकृया दिनुहोस्