कर्णालीका मुख्यमन्त्री शाहीले प्रदेश सभाबाट राजीनामा घाेषणा गर्दै

File Photo
File Photo

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेश सभाबाट राजीनामा दिने तयारी गरेका छन्। अहिले मुख्यमन्त्री तथा मन्त्रीपरिषदको बैठक बस्न लागेकाे उर्जा विकास तथा जलस्रोत मन्त्री दिनबन्धु श्रेष्ठले जानकारी दिए।

बैठक लगत्तै मुख्यमन्त्री कार्यालयको हलमा पत्रकार समक्ष कर्णालीबासीको नाममा विशेष सम्बोधन गर्ने कार्यक्रम रहेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार धुव्रविक्रम बुढाथोकीले जानकारी दिए।

मुख्यमन्त्री शाही अल्पमतमा हुँदा काँग्रेसले विश्वासको मत दिएर कुर्सी जोगाएर गुन लगाएको थियो। विश्वासको मत दिनुअघि मुख्यमन्त्री शाही, समाजवादीका प्रकाश ज्वाला र काँग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले ६ महिनामा नेतृत्व हस्तान्तरण गर्ने सहमति भएको थियो।

यस्तै, नेकपा एमालेका तत्कालीन चार सांसदले फ्लाेर क्रस गरेर मुख्यमन्त्रीलाई विश्वासकाे मत दिएका थिए।

सोही, सहमतिको कार्यान्वयनका लागि मुख्यमन्त्री शाहीले राजीनामा दिएर काँग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीलाई सत्ता हस्तान्तरण गर्दैछन्।

प्रकाशित मिति: : 2021-11-01 18:14:00

प्रतिकृया दिनुहोस्