विश्वासको मत नपाउने अवस्था आए मुख्यमन्त्री आचार्यले राजीनामा दिने 

फाइल तस्वीर
फाइल तस्वीर

मुख्यमन्त्री आचार्यसँग दुई विकल्प, बर्हिगमन निश्चित


विश्वासको मत नपाउने अवस्था आए प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले राजीनामा दिने नेकपा (एमाले) केन्द्रीय सदस्य तथा प्रदेश १ का पूर्वमन्त्री हिक्मतकुमार कार्कीले बताएका छन्।

मुख्यमन्त्रीले आज बस्ने प्रदेशसभाको बैठकमा विश्वासको मत लिने कार्यसूची छ। बैठकबाट विश्वासको मत नपाउने अवस्था आए मुख्यमन्त्रीले राजीनामा दिने उनले बताएका हुन्।

‘आज दलका नेताहरूको बैठक बस्दैछ,’ कार्कीले भने, ‘विश्वासको मत नपाउने अवस्था भए राजीनामा आउन सक्छ।’ राजीनामा गर्ने कि संसद् फेस गर्ने भन्ने विषयमा अहिले १२ बजे थाहा हुने उनले बताए।

प्रदेश १ का सामाजिक विकासमन्त्री बलबहादुर साम्सोहाङले मुख्यमन्त्री आचार्यले विश्वासको मत लिने बताए। मुख्यमन्त्रीले विश्वासको मत पाउने बताउँदै उनले नपाउने अवस्थामा राजीनामाको विकल्प रहेको बताए।

९२ सदस्यीय १ नम्बर प्रदेशसभामा बहुमतका लागि ४७ मत आवश्यक पर्छ। प्रतिपक्षी गठबन्धनमा ५० र सत्तापक्षसँग ४१ सांसद छन्।

प्रकाशित मिति: : 2021-11-01 11:06:00

प्रतिकृया दिनुहोस्