‘अनौपचारिक अर्थतन्त्र’ : सुन र घर-जग्गामा लगानी हुने ‘कालो धन’

आयोमेल

कृष्णा शर्मा

केही वर्ष यता ‘अनौपचारिक अर्थतन्त्र’बारे बहस हुन थालेको छ। व्यवसायका विभिन्न क्षेत्रमा अनौपचारिक अर्थतन्त्र रहेको भनेर पटक–पटक टिप्पणी हुँदै आएका छन्।

यद्यपि, अनौपचारिक अर्थतन्त्रबारे विभिन्नखाले चर्चा भइरहे पनि कस्तो अर्थतन्त्र अनौपचारिक हो भन्ने ठोस बुझाइ भने अझै पनि हुन सकेको छैन। जसका कारण अनौपचारिक रुपमा रहेको भनिएको अर्थतन्त्र कहाँ, कसरी, कस्तो र कति छ भन्ने बारे अझैपनि अलमल कायम नै छ।

सरल भाषामा बुझ्दा औपचारिक अर्थतन्त्र भनेको सरकारले हिसाव गर्न मिल्ने वा सहजै देखिने प्रकारको अर्थतन्त्र हो। आफूसँग भएको सम्पत्ती एवम् साधनको स्रोत खुल्ने विवरण देखाइन्छ भने त्यसलाई औपचारिक अर्थतन्त्रको रुपमा हेरिन्छ। जहाँ सरकारलाई कर समेत तिर्नुपर्छ। तर पछिल्लो समय सबै व्यक्तिले सरकारी तथ्यांकमा समावेश हुने गरी आफ्नो कारोबार तथा सम्पत्ती देखाउँदैनन्।

यद्यपि आफ्नो सम्पत्तीको विवरण वा स्रोत नदेखाउने सबैको अनौपचारिक अर्थतन्त्र नै हुन्छ भन्ने पनि छैन। किनकी कतिपय व्यक्तिहरुलाई आफ्नो सम्पत्ती एवम् कारोबार औपचारिक प्रणालीमा राख्नुपर्छ कि पर्दैन? भन्नेसम्म पनि थाहा हुँदैन।

प्रकाशित मिति: : 2021-10-31 17:49:00

प्रतिकृया दिनुहोस्