बेलायतमा कोरोना भाइरसका सङ्क्रमितको संख्या ९० लाख नाघ्यो

File photo
File photo

बेलायतमा कोरोना भाइरसका सङ्क्रमितहरुको संख्या ९० लाख नाघेको छ। 

यहाँका स्वास्थ्य अधिकारीहरुले यो संख्या ९० लाख १९ हजार ९६२ पुगेको बताएका हुन्। 

यहाँका अधिकारीहरुले दिएको जानकारीअनुसार शनिबार मात्र यहाँ ४१ हजार २७८ जना सङ्क्रमित पुगेका थिए। यो समेतगरी यहाँ सङ्क्रमितको संख्या ९० लाख नाघेको हो। 

त्यसैगरी यहाँ गएको २४ घन्टा यतामात्र कोरोनाबाट १६६ जनाको ज्यान गएको छ। 

यो समेतगरी यहाँ यो संक्रमणबाट ज्यान जाने व्यक्तिको संख्या १ लाख ४० हजार ५५८ जना पुगेको छ। बेलायतमा पछिल्लो समयमा कोरोना भाइरसको सङ्क्रमण बढ्दो देखिएको छ। 

प्रकाशित मिति: : 2021-10-31 14:17:00

प्रतिकृया दिनुहोस्