जगन्नाथ गाउँपालिकामा बाढीपहिरोले साढे चार करोडभन्दा बढीको क्षति 

Photo-NK
Photo-NK

बेमौसमी वर्षासँगै जुड्डीखोलामा आएको बाढीपहिरोका कारण जगन्नाथ गाउँपालिकामा करोडाैंको नोक्सान भएको छ।

अविरल वर्षाका कारण बाीिपहिरो जाँदा र गाउँपालिकाको तल पट्टी भएको कर्णाली नदीले जमिन कटाउन गर्दा जगन्नाथमा करोडाैँको क्षति भएको छ।

वर्षाले जगन्नाथ गाउँपालिकाको कामकाज हुँदै आइरहेको कार्यलयसमेत बगाएको थियो। बाढीले गाउँपालिकामा चार करोड ५० लाखभन्दा  बढीको क्षति गरेको गाउँपालिका रोजगार संयोजक लक्षमण जोशीले बताए।

बेमौसमी बर्षाले खोलामा बाढी बढ्नुका साथै जमिनको सतह कटान गरेपछि गाउँपालिकाको कार्यलयमा पनि क्षति गरेको गाउँपालिका अध्यक्ष कालीबहादुर शाहिले बताए।

गाउँपालिका कार्यालय बगाउनुका साथै कार्यालयका सामग्रीसमेत बगाएको अध्यक्ष साहिले बताएका छन्।

२ कात्तिकमा अविरल वर्षातका कारण जगन्नाथ गाउँपालिकाको वडा नं २ र ३ को बीचमा पर्ने जुड्डीखोलामा बाढी आएको थियो।

बाढीले जगन्नाथ गाउँपालिकाको कार्यालय भवनका १४ वटा कोठा, कर्मचारी आवासका १४ कोठा, पहरी चौकीका सात कोठा क्षतिग्रस्त बनेको छ।

अस्पताल समेत बगाउदा कार्तिक १ गते बाट अस्पताल बाट दिने सेवा सबै बन्द भएको छ। अस्पताल सञ्चालन गर्ने ठाँउ नभएपछि दुईसाता देखी उपचार सेवा बन्द रहेको गाउँपालिकाले जनाएको छ।

उपचार सेवा बन्द भएपछि उपचारका लागि कोल्टि जानु परेको छ। गाउँपालिकाको कार्यलय पनि अहिले टिनको खोकामा सञ्चालन भइरहेको प्रमुख प्रशासकिय अधिकृत कुम्भराज जोशीले बताए।

प्रकाशित मिति: : 2021-10-30 13:25:00

प्रतिकृया दिनुहोस्