कन्नड सुपरस्टार अभिनेता पुनित राजकुमारको हृदयघातका कारण निधन भएको छ। उनको निधन ४६ वर्षको उमेरमा बैंगलुरूस्थित बिक्रम हस्पिटलमा बिहीबार भएको हो। जिममा रहेका पुनित अचानक ढलेपछि उनलाई तत्काल हस्पिटल लगिएको थियो।
उनको उपचारमा संलग्न डाक्टर रंगनाथ नायकद्वारा जारी स्टेटमेन्ट अनुसार उनलाई छातीमा दुखाइ भएपछि ११ बजेर ३० मिनेटमा अस्पताल ल्याइएको थियो। उनलाई अस्पतालमा ल्याउँदा अवस्था बिग्रिसकेको थियो।
शिव राजकुमारका दाई समेत रहेका पुनितले सन् १९७६ बाट बाल कलाकारको रुपमा अभिनय सुरू गरेका थिए। उनको गत अप्रिलमा युवराथना नामक फिल्म रिलिज भएको थियो। जेम्स नामक उनको फिल्म छायांकन भरहेको छ। पुनितको मृत्युको खबर सार्वजनिक भएसँगै कलाकारहरूले सामाजिक संजालमार्फत श्रद्धान्जली व्यक्त गरिरहेका छन्।