पूर्ण खोप लगाएका व्यक्तिबाट कोभिड सर्छः अनुसन्धान

वैज्ञानिकहरुले पूर्ण खोप लगाएका मानिसले अन्य व्यक्तिलाई पनि कोभिड सार्ने बताएका छन्।

खोप लगाएका व्यक्तिलाई पनि कोभिड हुने भएकाले उनीहरुले अन्य व्यक्तिलाई सजिलै सार्ने बेलायतका अनुसन्धानकर्ताहरुले बताएका हुन्।

बेलायतस्थित इम्पेरियल कलेजका अनुसन्धानकर्ताहरुले गरेको सो अध्ययनमा भनिएको छ, ‘महामारी रोक्न र कोभिडबाट जोगाउन खोप महत्वपूर्ण छ। तर, डेल्टा भाइरस संक्रमणबाट जोगाउन र घरभित्रै सर्नबाट बच्न खोप आफैमा पर्याप्त नभएको हाम्रो अध्ययनले देखाएको छ।’

द लान्सिट इन्फेक्सियस डिजिज जर्नलमा अध्ययन प्रकाशित छ। सन् २०२० को सेप्टेम्बरदेखि सन् २०२१ को सेप्टेम्बरको अवधिमा गरिएको सो अध्ययनमा ६२१ जनालाई सहभागी गराइएको थियो। एजेन्सी

प्रकाशित मिति: : 2021-10-29 15:00:00

प्रतिकृया दिनुहोस्