यसवर्ष जुम्लामा धान संकलन गरेर सकिएकाे छ। काट्नेबेला निकै आशाबादी बनेका किसानहरु धान भित्र्याइसकेपछि निराश छन्।
जुम्ला चन्दननाथ -१० का किसान टेक धामी बासी पिठा(दशैंकाे भाेलीपल्ट) धान काट्न जाने बेला निकै उत्साहित थिए। उनले ठट्यौलीमा पुरानाे उखान सम्झिदै भने, 'दसैंमा जुम्ली भेडाे काटेका छाैं। मासु सुकुटी बनाएर राखेका छाैं। अब धान काटेर घर ल्याएपछि असाैंजे भेडाकाे झाेल र कात्तिके चामलकाे भात खाने हाे।'
तर उनकाे उत्साह धेरै दिन टिक्न पाएन। उनले गरेकाे ठट्टा पनि हकिकतमा बदलिएन। धान काटेकाे दाेस्राे दिन (असाेज ३१ गतेकाे साँझ)बाटै पानी पर्न थाल्याे।
'धान भिजेर खत्तम बनायाे। त्यतिका दिन पानीमा भिजेका धान भित्र रहेका चामलका दामा छाम्दा पिठाेजस्ता थिए,' उनले भने, 'घाम लागेपछि धाै गरि धान त घर ल्यायाैं तर धान गतिला छैनन्।'
अविरल वर्षाले धानका ठुल्ठुला जीउला बगर बनायाे। जिल्ला कृषि विकास कार्यालयका अनुसार १३ हेक्टर जमिन काम नलाग्ने गरि बागयाे। खेतसँगै किसानका आँसु बगे।
तातोपानी गाउँपालिका -४ मा रहेकाे खार जिउलाेका अधिकांश खेत बगे। धानका भारी बाेकेर पसिना चुहाउँदै घर आउने किसानहरु मन भारी बनाएर रित्ताे फर्किएको वडाअध्यक्ष धिरज जैसीले बताए।
'बाढीले जिउलाे काम नलाग्ने गरि क्षति भयाे। हाम्रोतिरका किसानहरुका वर्षभरी खान पुग्ने खेत छन्। पछिल्लो चामल समय बिक्री गरेर नाफा कमाउँदै आएका छन्,' उनले भने, 'नाफाकाे आश त एक वर्षाकाे लागि मात्रै मर्ने हाे। तर अब त सधैका लागि खेतकै आश मरेकाे छ। एक किसानकाे लागि याे भन्दा बढि पिडादायी क्षण अरु के हाेला?'
वर्षाले धान भिजाएर बिगारेर क्षति भाेगेकाे किसानहरुकाे एक वर्षकाे नाेक्सानी भएकाे छ। सिंजाका अधिकांश किसानकाे टन्टा भनेकाे एक वर्षकाे लागि मात्रै रहेकाे सिंजा लुड्कुका दिपेन्द्र न्याैपानेले बताए।
'हामीले ज्याला तिरेर मान्छे लागाई सबै खेतका धान काट्याैं। सबै धान भिजेर बिग्रियाे। वर्षभरिलाई पुग्ने धान भिजे। अब खाँदा कस्ताे हुने हाे थाहा छैन,' उनले भने, 'सुन्दैछु, यसरी भिजेकाे धानबाट अर्काे वर्ष बीउ हुने सम्भावना निकै कम छ। अहिले त खाना भन्दा पनि बीउ नै मासिने हाे कि भन्ने पीर पर्न थाल्याे।'
उनले भनेजस्तै बीउ मासिने खतरा रहेपनि आफूहरु अनुसन्धानमा लाग्ने कृषि विकास कार्यालयका प्रमुख बालकराम देवकोटाले बताए।
'हाे काटेर राखिएकाे धान भिजेपछि बीउ मासिने खतरा हुन्छ। तर पनि त्यसबाट बीउ आउने, नआउने वा बिउ भएपनि फल लाग्ने नलाग्ने अनुसन्धान गर्छ जरुरी हुन्छ। हामीले धेरै समय त्यसमा खर्चिनुपर्ने हुन्छ,' उनले भने।
उनका अनुसार याे वर्षा जुम्लामा गरिएकाे धानखेतीकाे झण्डै दुई तिहाइ धान भिजेकाे थियोे। एक तिहाइ बचेकाे धानबाट बिउ निकाल्ने सकिने सम्भावना छ।
उनले थपे, 'जुम्लामा कुल २९ सउ पचास हेक्टर जमिनमा लगाइएकाे धानबालीमा २१ सय हेक्टरकाे धान भिजेर नष्ट भएकाे छ भने आठ सय पचास हेक्टरकाे धान सुरक्षित छ। त्यसैबाट बीउ गर्नुपर्छ।'
जुम्लाको तिला गाउँपालिकामा सबैभन्दा बढी क्षति भएकाे छ। बाढीले बगाएकाे जमिनमा सबैभन्दा बढी तिलाकाे रहेकाे गाउँपालिका अध्यक्ष रतननाथ याेगीले बताए।
'बालीनाली क्षति भएकाे मात्रै हाे भने त क्षतिपूर्तिले पनि काम गर्दाे हाे। किसानकाे मन पनि सन्ताेष हुँदाे हाे,' उनले भने, 'तर यहाँ त जमिन नै बगाएको छ। यस्ताे खालकाे क्षतिकाे पूर्ति कसरी गर्ने? निकै समस्या छ।'
भित्र्याउनलाई ठिक्क परेका धानका बाला बगेर कता गए कता? खेत कता गए। जिउलाकाे नामाेनिसान मेटिएपछि किसान निराश छन्।
यही निरशाकाे बीचबाट पनि धानबाली भित्र्याउने चक्र भने सकिएकाे छ। हाल जुम्लामा मार्सी धानका साथै चन्दननाथ -१ र ३ तथा लेकाली १ र ३ पनि उत्पादन भइरहेको छ। तथापि यी सबै जातका धानबाली भित्र्याउने प्रकिया एउटै हाे।
जुम्लाका धान खेतीकाे छाेटाे इतिहास भएपनि यसले लामाे समयदेखि चर्चा कमाउँदै आएकाे छ। उत्पादन प्रक्रिया देखि भित्र्याउने सम्मकाे राेचक यात्रा तय गरेकाे मार्सी धान राष्ट्रिय खाद्य बजारकाे एक चर्चित ब्रान्ड बनिसकेको छ।
राजा, राणादेखि ओली–प्रचण्डसमेतकाे भान्सामा मगमगाएकाे मार्सी धान सुरुमा काटेर दुईदिन जति खेतमै सुकाइन्छ। सुकिसकेपछि खेतमै झारेर नल र फल छुट्टाछुट्टै गरिन्छ।
फल भकारीमा राखिन्छ भने नलकाे कुनियाे बनाइन्छ। केही दिन राखेपछि गाेरुले माडेर पराल बनाइन्छ। हिउँद गाई, गाेरुलाई खुवाउने गरि व्यवस्थापन परिन्छ। त्यसपछि मार्सी धान भित्र्याउने चक्र एक वर्षकाे लागि सकिन्छ।