
अन्नपूर्ण पोष्ट
काठमाडौं : हेर्दा आकर्षक, सुटेडबुटेड भएर हिँड्ने। व्यवस्थित बसाइ। पैसावाल देखिने। जति पनि खर्च गर्न सक्नेजस्ता। कुराकानी गर्न खप्पिस। उनीहरू कामभन्दा पनि सम्बन्ध जोड्न र रसरमाइलो गर्न आतुर देखिन्छन्। छोटो समयमा विश्वासमा लिई आर्थिक प्रलोभनमा पार्न खोज्छन्। शारीरिक सम्बन्धको दबाबसमेत दिन्छन्। यस्ता गतिविधि गर्ने महिला या पुरुष प्रेमको बहानामा आर्थिक लाभ लिने अपराधमा संलग्न भेटिन थालेका छन्। यसलाई ‘हनी ट्र्यापिङ’ भनिन्छ।
उनीहरू सम्बन्ध गाँसेर गम्भीर भएको बहाना बनाउँछन्। विश्वासको फाइदा उठाउँदै ‘भावनात्मक सौदाबाजी’ गरी योजनाबद्ध रूपमा फसाउँछन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका प्रवक्ता श्यामकुमार महतो नेपालमा यस्तो अपराध डरलाग्दो गरी मौलाइरहेको बताउँछन्।
ओखलढुंगाको सुनकोसी–१ घर भई काठमाडौं कपन बस्दै आएकी २७ वर्षीया देवी थापा कमलपोखरीबाट पक्राउ परिन्। महानगरीय प्रहरी परिसरका प्रवक्ता रमेश बस्नेतका अनुसार थापाविरुद्ध ओखलढुंगाका कुमार गिरीले ठगी तथा बैंकिङ कसुरको उजुरी दिएका छन्। हनी ट्र्यापिङमा पारी युवाहरूलाई ठगी गरेको आरोपसमेत उनीविरुद्ध लागेको छ। यसरी लाखौं रुपैयाँ ठगी गरेको हुन सक्ने प्रहरीको अनुमान छ।
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
जेन–जेड आन्दोलनः सत्ताबाट ‘बेदखल’ राजनीतिक दलहरू, विना मुद्धा सोझै ‘एक्पोज्ड’ भ्रष्ट नेताहरू
नेपाली राजनीतिमा उमेर र अनुभवको रंगमञ्च: भीमसेन थापादेखि सुशीला कार्कीसम्म
सभापति देउवा संस्थापन समूहकै ‘घेराबन्दी’मा
गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया