
बिएल संवाददाता
जिल्लाको पश्चिमी क्षेत्रको कटारी नगरपालिका–१ पोखरियामा पहिलोपटक बिजुली पुगेपछि स्थानीयवासीले खुशीयाली मनाएका छन्।
राष्ट्रिय प्रसारण लाइनअन्तर्गत बुधबार पोखरियामा पहिलो पटक बिजुली पुगेपछि पोखरिया क्षेत्रका झण्डै २२० परिवार लाभिान्वित भएका छन्।
स्थानीय रामबहादुर खत्रीले बिजुली पुगेपछि गाउँलेले भेला भएर नाचगान गरेर खुशीयाली मनाएको बताए। प्रदेश नं १ का प्रदेशसभा सदस्य कलाकुमारी घले र कटारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्रकुमार श्रेष्ठले संयुक्तरूपमा पोखरीमा बिजुलीको स्वीच थिचेर उद्घाटन गरे।
विद्युत् प्राधिकरण कटारीका प्रमुख लक्ष्मण साहका अनुसार प्राधिकरण र कटारी नगरपालिकाको रु ८५ लाखको लागतमा पोखरियामा बिजुली पुगेको हो।
लामो समयदेखि सो क्षेत्रका बासिन्दाले बिजुली नहुँदा समस्या झेल्दै आएका थिए। घर घरमा मिटर जडान गर्ने कार्य धमाधम सुरु गरेको साहले बताए।
स्थानीय दलबहादुर कार्की भन्छन्, ‘टुकी बत्ती बालेर रात बिताउनुपर्ने बाध्यता थियो। अब त्यसको अन्त्य भएको छ।’ गाउँमा बिजुली बत्ती बलेपछि गाउँलेले टेलिभिजन किन्न थालेका छन्। मोबाइल चार्ज गर्नसमेत सहज भएको कार्कीले बताए। कटारी नगरपालिका–२ कालीखोला, त्रिवेणी र ग्रास हुँदै पोखरियामा बिद्युत प्रसारण लाइन विस्तार गरिएको हो।
जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
दशैँको टीका र जमराको शास्त्रीय साइनो
विश्व शान्ति दिवसमा अशान्त मन!
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया