यसरी कति दिन चल्छ सर्वाेच्च न्यायालय ?

लोकान्तर

अजय अनुरागी

सहकर्मी न्यायाधीशहरूले इजलास बहिष्कार गरेको अवस्थामा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले एकल इजलासमा बुधवार ५ थान मुद्दाको सुनुवाइ गरे। गत सोमवार र मंगलवार आफूबाहेक उनले इजलासको पेशी तोक्दै आएका थिए तर सहकर्मी न्यायाधीशहरूले इजलास बहिष्कार गर्दै आएका थिए।

सुनुवाइ नै ठप्प भएको अवस्थामा उनी आफैंले एकल इजलास तोकेर बुधवार ५ वटा मुद्दामा आदेश गरेर न्यायालय ठप्प नरहेको सन्देश दिन खोजेका छन्।

 

जबराको इजलासमा सन्तोषकुमार पाण्डेको मुद्दा तामेलीमा राख्ने निर्णय गरिएको छ। उनले लुम्बिनी प्रदेशका सभामुखविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता गरेका थिए।

भुवनकुमार दाहालले मधुकुमारी चौधरीलाई विपक्षी बनाएर दर्ता गरेको सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा निवेदन फिर्ताको आदेश जबराको इजलासबाट भएको छ। प्रधानन्यायाधीश जबराले अर्को २ वटा बन्दीप्रत्यक्षीकरण मुद्दामा कारण देखाऊ आदेश जारी गरेका छन्।

कालोबजारी तथा अन्य केही सामाजिक अपराधसम्बन्धी मुद्दामा कैफियत प्रतिवेदन माग्ने आदेश जबराको इजलासबाट भएको छ। प्रधानन्यायाधीश राणाले बुधवार ११ वटा इजलास तोकेका थिए। 

प्रकाशित मिति: : 2021-10-28 10:25:00

प्रतिकृया दिनुहोस्