सप्तरीको खडक नगरपालिका-१० का उमेशप्रसाद साह दुई दशकभन्दा बढी समयदेखि शिक्षण पेशामा आवद्ध थिए । सुगम तराईका साह विकट जिल्ला ताप्लेजुङको लिमफिंगस्थित सीमा माविमा अध्यापन गराइरहेका थिए । उनी २०५७ सालदेखि अस्थायी दरबन्दीमा गणित विषय पढाइरहेका थिए ।
२०७४ सालमा सरकारले अस्थायी शिक्षकलाई व्यवस्थापन गर्ने योजना ल्यायो । परीक्षा दिएर स्थायी बन्न र स्वेच्छिक अवकाशको नीति ल्याउँदा साहले अवकाश नै रोजे । ‘त्यसबेला परिवारमा रोजगारी गर्ने म मात्रै थिएँ । अनि सबै बेरोजगार,’ साह भन्छन्, ‘म त स्थायी हुन्थें । तर परिवारका सबै बेरोजगार नै रहन्थे । परिवारमा काम गर्ने योग्य व्यक्तिलाई पनि रोजगारी दिने सोचेर स्वेच्छिक अवकाश रोजे ।’