चीनको भूमिसम्बन्धी कानूनबाट भारत र भुटानलाई नयाँ 'थ्रेट'

Getty Images
Getty Images

भारत–चीन सीमा विवादले वर्षौदेखि दुईदेशबीचको सम्बन्धमा तनाव थपिरहेको छ। भारत विवाद हल गर्न चाहन्छ तर चिनियाँ पक्ष विल्कुलै सकारात्मक छैन।

चीनले हालै बनाएको सीमासँग सम्बन्धित भूमिसम्बन्धी कानूनले छिमेकी मुलुक भारत–भुटान थप त्रशित छन्। यो कानूनको उद्देश्य कहीँ कतै लुकेको छैन। यसबारे चीनसँग सीमा जोडिएका र विवाद कायमै रहेका यी दुई देश आक्रोशित पनि छन्।

नयाँ कानूनी उद्देश्यबारे भारत–भुटान स्पष्ट जानकार छन्। 'चीन जहाँ टेक्छ, त्यो जमीन आफ्नै ठान्छ । चीनको चाल बुझी साध्यै छैन', चीनबारे दक्षिण एसियामा एउटा कथन छ। चिनियाँ नयाँ कानून आगामी जनवरी २०२२ देखि लागू हुनेछ।

भारत–चीन सीमा विवाद बल्झेको लामो समय भइसक्दा पनि समाधान हुन सकेको छैन। कतिपय सीमाक्षेत्रमा बारम्बार तनाव र टकरावको जारी छ। तर यो बेला चीनले भारत लक्ष्यित नयाँ चाल चलाएको छ।

आफूसँग सीमा जोडिएका १२ देशसँगको विवाद सुल्झाइसकेको चीनले दाबी गरेको छ। यस्तो अवस्थामा चीनसँग भारत र भुटानको सीमा विवाद भने कायमै छ।

भारत र भुटानको भन्दा चीनकै कारण समस्या झन्–झन् थपिरहेको प्रष्टै छ। भुटान–चीनको तुलनामा भारत–चीनको सीमा विवाद धेरै जटिल र गम्भीर छ। बेला–बेलामा हुने यी–यस्ता द्वन्द्वले झन् विकराल अवस्था सिर्जना गरेको छ।

छिमेकीसँग तनाव बढाइरहेको चीनले यस्तो समयमा कुन प्रयाजनका लागि नयाँ भूमि कानूनलाई प्राथमिकता दिइरहेको छ । यसमा थप शंका नै छैन।

चीनले आफ्नो क्षेत्रीय अखण्डता र सार्वभौमसत्ताको रक्षाका लागि नयाँ कानुन बनाएको दाबी गरेको छ। प्रत्येक देशलाई आफ्नो क्षेत्रीय अखण्डता र सार्वभौमसत्ताको रक्षा गर्ने अधिकार छ।

त्यो स्वभाविक रुपमा चीनलाई पनि छ तर उसले ल्याएको नयाँ कानूनको सन्दर्भ कपटपूर्ण छ। यस कानूनमा चीनले सीमा क्षेत्रको सुरक्षा र त्यसका लागि निर्माणमा सबैभन्दा बढी जोड दिँदैआएको छ । ऊ अझ आक्रामक शैली अपनाउने छ।

नयाँ कानूनमा चीनको कब्जामा रहेको जग्गालाई चिनियाँ भूमि मानिने स्पष्ट उल्लेख छ। सीमा क्षेत्रमा विवादित ठाउँहरूमा आफ्नो कब्जालाई जायज ठहराउने छ। यो कानूनको उल्लङ्घन नहोस् भन्ने सुनिश्चित गर्न सीमा क्षेत्रमा आफ्नो सैन्य गतिविधिलाई निरन्तरता दिनेछ।

अरुणाचल र सिक्किम प्रदेशको सिमानामा यसको बढ्दो सैन्य गतिविधिले भारतको लागि चिन्ता बढाएको छ। नयाँ भूमिसम्बन्धी ऐनमा छिमेकी मुलुकसँगको भू–सीमा विवादलाई मैत्रीपूर्ण वातावरणमा टुङ्गयाउने कुरा पनि छ। यससँगै चिनियाँ सेनाले सीमामा घुसपैठ, अतिक्रमण र उक्साउने कार्यको पनि सामना गर्नेछ।

भारत र भुटानले चिनियाँ नयाँ नीतिबाट खतरा महसुस गरिरेहका छन् जबकि वास्तविकता प्रष्टै छ। जहाँसम्म भारतको सवाल छ– यसले कुनै विवाद अघि बढाएको छैन। गत वर्षको जुनमा पूर्वी लद्दाखस्थित गलवान उपत्यका चिनियाँ सैनिकको आक्रमणबाट थ्रुपै भारतीय सैनिकमाथि आक्रमण गरेका थिए।

भारतसँगको सीमा विवाद मैत्रीपूर्ण ढंगले समाधान गर्न चाहन्छ, भारत। मैत्रीपूर्ण वातावरणका लागि कुनै ठोस कानून चाहिँदैन। भारत छिमेकीसँग सौहार्द सम्बन्ध चाहन्छ। तर चीन कहिल्यै असल छिमेकी बन्न सकेन।

प्रकाशित मिति: : 2021-10-26 13:15:00

प्रतिकृया दिनुहोस्