बिएल संवाददाता
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले जेन–जी विद्रोहपछि अन्तरिम सरकार निर्माणमा हतारो भएको बताएको छ।
बिहीबार केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको पार्टी केन्द्रीय कार्य सम्पादन समितिको बैठकले यति ठूलो विद्रोह र बलिदानीपछि अन्तरिम सरकार, अन्तरिम संविधान र आगामी निर्वाचनमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री, प्रदेश संरचनाको खारेजी, गैरदलीय स्थानीय तहजस्ता विषयहरूलाई टुंग्याउनुपर्नेमा हतारमा सरकार गठन भएको निष्कर्ष निकालेको हो।
राप्रपाले हालको व्यवस्था नै परिवर्तन गर्नुपर्ने कुरालाई जोड दिँदै आन्दोलनका नरसंहारकर्तामाथि कारबाहीको माग समेत गरेको छ।
राप्रपाले भनेको छ, ‘जेनजीहरूको आन्दोलन मूलरूपमा भ्रष्टचारविरुद्ध थियो। भ्रष्टचारविरुद्धको कुरामा राप्रपा स्पष्ट छ कि समस्या नेतृत्वमा मात्र होइन अहिलेको व्यवस्थामै छ। जबसम्म भ्रष्टचारको जगको रुपमा रहेको निर्वाचन प्रणाली, राज्य संरचना, संवैधानिक लगायतका नियुक्ति प्रणाली जस्ता विषयहरूमा प्रहार हुँदैन अन्य प्रयत्नले मात्र भ्रष्टाचार अन्त्यमा प्रभाव पर्दैन। यत्रो ठूलो विद्रोह र बलिदानपछिको आन्दोलनका नेतृत्वकर्ताहरूले फगत एकथान सरकार निर्माणमा हतार गर्नुको बदलामा भ्रष्टाचारको जरोमै प्रहार गर्नुपर्ने थियो भन्ने पार्टीको दृष्टिकोण छ।’
राप्रपा बैठकको निर्णयहरू–
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
ओझेलमा पारिएको सवाल!
मोरङको राजघाटदेखि विश्व रंगमञ्चसम्म: सिर्जनाको अद्भुत उडान
आज केही स्थानमा मध्यम वर्षाको सम्भावना
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया