सुनको मूल्य आज प्रतितोला तीन सयले बढ्यो

File Photo
File Photo

साताको दोस्रो दिन सोमबार सुनको मूल्य प्रतितोला तीन सय रुपैयाँले बढेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको भाउ प्रतितोला तीन सय रुपैयाँले बढेर ९२ हजार चार सय रुपैयाँ कायम भएको हो।

आइतबार छापावाल सुनको मूल्य तोलाको ९२ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो। यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९१ हजार नौ सय रुपैयाँ निर्धारण भएको छ। आइतबार तेजावी सुनको मूल्य तोलाको ९१ हजार ६ सय रुपैयाँ रहेको थियो।

आइतबार चाँदीको मूल्य पनि प्रतितोला पाँच रुपैयाँले बढेर ११ सय ६५ रुपैयाँ कायम भएको छ। आइतबार चाँदीको मूल्य प्रतितोला ११ सय ६० रुपैयाँ थियो।
 

प्रकाशित मिति: : 2021-10-25 12:21:00

प्रतिकृया दिनुहोस्