नेपाल-भारत रेल: भारतद्वारा जयनगर-कुर्था रेलखण्ड नेपाललाई हस्तान्तरण

File Photo
File Photo

धनुषा कुर्थादेखि भारतको जयनगरसम्म चल्ने झण्डै ३५ किलोमिटर रेलखण्ड भारतले नेपाललाई हस्तान्तरण गरेको छ। शुक्रबार काठमाडौंमा एक साधारण समारोहका बीच नेपाल सरकारलाई हस्तान्तरण गरेको हाे।

यससँगै एक वर्षदेखि जनकपुर आइपुगेर थन्किएको रेल शीघ्र सञ्चालनको लागि थप एउटा अवरोध हटेको रेल विभागका प्रवक्ताले बताएका छन्।

नेपालले किनेर पनि एक वर्षभन्दा बढी समयदेखि रेल सञ्चालन गर्न नसकिरहँदा अन्तर्देशीय उक्त रेलखण्ड नेपालको स्वामित्वमा आएको हो। आज भारत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा जयनगरदेखि नेपालको जनकपुर हुँदै बर्दिबाससम्म निर्माणाधिन ६९ किलोमिटर रेलमार्गको एउटा खण्ड हस्तान्तरण गरिएको हो।

समारोहमा भारतका राजदूत विनय मोहन क्वात्रा, भौतिक प्रतिष्ठान र यातायातमन्त्री रेणुकुमारी यादवको उपस्थिति थियो।

त्यस्तै भारत–नेपाल सम्बन्ध सुमधुर बनाउन चालिएको याे कदमलाई भारत–नेपाल पत्रकारहरुको संस्था मिडिया फर बोर्डर हार्मनीका संरक्षक सांसद अजय निषादले स्वागत गरेका छन्।

सांसद अजय निषादले यो कदमले व्यापारका साथसाथै दुई देशबीचको सामाजिक, सांस्कृतिक र सदियौं पुरानो सम्बन्ध पनि मजबुत हुने बताएका छन्।

उक्त पूरा खण्डका लागि भारत सरकारको ८.७७ अर्ब रूपैयाँ अनुदान प्रतिबद्धता जनाएको छ। यो खण्ड पहिले जयनगर र बिजलपुराबीच न्यारो गज मार्गका रूपमा रहेकामा ब्रोड गजमा रूपान्तरण गरेर नेपाललाई हस्तान्तरण गरिएको काठमाण्डाैँस्थित भारतीय दूतावासले एक विज्ञप्तिमार्फत् जनाएको छ।

सञ्चालनमा आउँदा त्यो नेपाल-भारतबीचको पहिलो ब्रोडगज सीमापार रेलमार्ग हुनेछ।

प्रकाशित मिति: : 2021-10-23 20:54:00

प्रतिकृया दिनुहोस्