वसन्त आचार्य
तुलसीपुर उच्च अदालतबाहिर चमेना गृहमा भेटिएको मेरो स्कुले साथी आधा खुसी आधा बेखुसी अनुहारमा मलाई सुनाउँदै थियो ‘साला प्रेम भन्नु नै संसारको सबभन्दा ठूलो भ्रम रहेछ यार, डुबायो मलाई नराम्रोसँग डुबाय’ अनुहारले झरी पार्न आँटेको थियो तर पनि उसले मन दह्रो बनाएर भरथेग गर्यो, आँसुले ठाउँ छाड्ने हिम्मत गरेनन्।
‘प्रेमको उत्पत्ति रमाउनका लागि भन्दा पनि मन दुखाउनका लागि भएको हो जस्तो लाग्छ’ चियाको सर्को तान्दै उसले भन्यो।
प्रेमका बारेमा उसको परिवर्तित दृष्टिकोणलाई उसले यसरी भोगाइबाट पुष्टि गर्यो। तीन वर्ष अगाडि उसले जुन कुरालाई सुख र खुसीको मूल स्रोत मान्थ्यो आज त्यो दु:ख र पीडाको व्युत्पन्न स्रोत बनेको छ।
संसारका हरेक कुरामा प्रेमको बिम्व देख्थ्यो। अनि सागरमा पनि अटाउन नसकिने प्रेम उसले एउटै अनुहारमा अटाएको थियो। विवाहमा मलाई पनि बोलाएको थियो।