दुर्घटना रोक्ने जिम्मेवारी कसको ? ट्राफिकलाई देखाउने अरु पन्छिने

अनलाइनखबर

काठमाडाैं

गौरव पोखरेल

 

दशैं बिदामा घर फर्किएका विद्यार्थी सवार भे१ख ३१६७ नम्बर बस २७ असोजमा मुगुको छायानाथ रारा नगरपालिका-७, पिनाटपने खोलामा खस्दा ३३ जनाको मृत्यु भयो ।

फूलपातीका दिन नेपालगञ्जको सुर्खेत हुँदै मुगुको सदरमुकाम गमगढीतिर जाँदै गरेको बस भिरालो कच्ची बाटोबाट २०० मिटर तल खस्दा २४ जनाको घटनास्थलमै र अन्यको उपचारका क्रममा निधन भयो ।

दशैंको मुखमा भएको दुर्घटनाले मुगुवासीलाई मात्र शोकमा डुबाएन, देशै स्तब्ध बन्यो । सरकारले घाइतेको निःशुल्क उपचार गर्ने घोषणा पनि गर्‍यो ।

यो घटनाको दुई दिनअघि २५ असोजमा कास्कीको अन्नपूर्ण गाउँपालिका-१०, हुदु कलडाँडा भीरमा घान्द्रुक घुम्न गएका विद्यार्थी सवार जीप दुर्घटना भयो ।

ग१ज ६९०० नम्बरका जीप चालक अन्नपूर्ण गाउँपालिका-५ का खुसीमान क्षेत्री र काठमाडौं, गोंगबुबाट गएका विद्यार्थी गरी ८ जनाको घटनास्थलमै मृत्यु भयो ।

कास्कीमा दुर्घटना हुनु अघिल्लो दिन स्याङ्जाको वालिङ-१०, मदिखोला नजिकै जीप दुर्घटना हुँदा तीनजनाको मृत्यु भयो । गल्याङ नगरपालिका-१०, लिहुडाँडाका ७७ वर्षीय दलबहादुर पल्ली, ३२ वर्षीया गंगा पल्ली र चार वर्षीया करिष्माले ज्यान गुमाए ।

प्रकाशित मिति: : 2021-10-23 11:42:00

प्रतिकृया दिनुहोस्