घनश्याम भुसाल र चेखवका ‘छेपारा’हरू

नेपाली कांग्रेसको ११औं महाधिवेशनमा सभापति पदका प्रत्याशी थिए– गिरिजाप्रसाद कोइराला र नरहरि आचार्य। तत्कालीन समय कोइरालाको तेजिलो राप–तापसामु अरू फिका देखिन्थे। ११औं महाधिवेशनमा कोइरालाले आरामपूर्वक विजय हासिल गर्नेमा कुनै द्विविधा थिएन।

तसर्थ, कोइरालाविरुद्ध मैदानमा उभिने हिम्मत कसैले गर्थे सायद। नेता नरहरि आचार्यले भने कोइरालाविरुद्ध उम्मेदवारी दिए। उनको उम्मेदवारी एक हिसाबले संस्थापनप्रति सांकेतिक विद्रोह थियो। त्यो विद्रोह कांग्रेसभित्र झाँगिँदै गइरहेको वंश–वृक्षका साथै पार्टीभित्र कोइरालाको बढ्दो एकाधिकारविरुद्ध पनि लक्षित थियो। यद्यपि, नरहरिले गोल गर्न सक्ने अवस्था थिएन। तर कांग्रेसभित्र विद्वान् एवं भलादमी नेताको छवि बनाएका नरहरिलाई उनको व्यक्तित्व बुझेकाले सय–डेढ सय मत दिएर सम्मान जनाए। तत्कालीन समय उम्मेदवारी दिने क्रममा नरहरिले यस्तो आसय पनि व्यक्त गरेका थिए, ‘नेतृत्वमा एउटै व्यक्ति सदैव हाबी हुन नदिनका लागि मैले आफ्नो उम्मेदवारी दिएको हुँ। कसै न कसैले त दिनैपथ्र्यो। त्यो साहस मैले गरेँ।’

नेपाली कांग्रेसभित्र गिरिजाप्रसाद कोइरालाको एकछत्र राज चलिरहेका बेला नरहरिको ‘विद्रोह’ एक सांकेतिक विद्रोह थियो नै, त्यतिबेला कांग्रेस–वृत्तमा केही तरंग समेत ल्याएको थियो। कम्तीमा पनि गिरिजाप्रसादको विरुद्धमा उम्मेदवारी दिने पात्र कांग्रेसभित्र रहेछन् भन्ने गहन सन्देश प्रवाह समेत भएको थियो।
 

प्रकाशित मिति: : 2021-10-21 13:07:00

प्रतिकृया दिनुहोस्