सिडिओ र एसपी नै जुवाको खालमा (भिडिओ)

दसैंतिहार जस्ता ठूला चाडबाडका बेला जुवातास खेल्नेहरुको संख्यामा हुने गरेको वृद्धि नियन्त्रण गर्ने प्रहरीको प्रयास जनचेतनाको अभाव र फितलो कानूनी व्यवस्थाका कारण प्रभावकारी हुन नसकेको सम्बद्ध निकायहरुले जनाएका छन्।

यसपालिको चाडमा जुवातासको खालबाट सयौं जनाभन्दा बढीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। प्रहरीकाअनुसार चाडबाडमा रमाइलोको लागि जुवातास खेल्नेहरुको संख्या धेरै छ। तर यति नै बेला व्यावसायीक रुपमा जुवा खेल्नेहरुले निकै ठूलो रकमको दाउ खेल्ने देखिएकोले त्यसले विकृति र अपराध जन्माउने गरेको छ।

चाडबाडका बेला जुवातास खेल्नुलाई नेपालको कतिपय ठाँउमा परम्पराको रुपमा लिइने हुनाले यसमा आकर्षित हुनेहरुको संख्यामा वृद्धि भएको बताउनेहरु पनि छन्।

तर, सर्लाहीमा भने यसपटक फरक दृश्य देख्न पाइएको छ। शान्तिसुरक्षा कायम राख्ने जिम्मेवारी पाएका अधिकारीहरु नै जुवा तास खेल्दै बसेको पाइएको छ।

प्रकाशित मिति: : 2021-10-20 13:20:00

प्रतिकृया दिनुहोस्