अलमुताइरीले ‘डेब्यु’को मौका दिएका ८ युवा खेलाडी

नेपाल खबर

काठमाडौँ

कुवेती प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले राष्ट्रिय फुटबल टोलीलाई प्रशिक्षण दिन थालेको ६ महिना भन्दा बढी भइसकेको छ। जेठमा इराकविरुद्धको मैत्रीपूर्ण खेल हुँदै विश्व कप तथा एसियन कप छनोट, भारतविरुद्धको दुई मैत्रीपूर्ण खेल र गत साता माल्दिभ्समा सम्पन्न साफ च्याम्पियनसिपसम्म आइपुग्दा अलमुताइरीको प्रशिक्षणमा नेपाली टोलीले ११ खेल खेलिसकेको छ।

उनको प्रशिक्षणमा नेपाली टोलीको प्रदर्शनमा सुधार भएको मान्नेहरुको संख्या ठूलै छ। सामाजिक सञ्जालमा उनको पोस्ट हेर्ने हो अधिकांश प्रतिक्रिया अलमुताइरीको तारिफमै देखिन्छन्।

मैदानभित्र मात्र होइन, मैदान बाहिर पनि उनी चर्चामा रहने गरेका छन्। खरो प्रतिक्रिया र अखिल नेपाल फुटबल संघ (एन्फा) कै पदाधिकारीसँगको विवादका कारण पनि उनी चर्चामा रहने गरेका छन्।

प्रकाशित मिति: : 2021-10-20 11:34:00

प्रतिकृया दिनुहोस्