शिलापत्र
२ सय ५० भन्दा धेरै घर बनाएर, ५ हजारभन्दा धेरै घरको डिजाइन गरिसक्दा पनि इन्जिनियर विपिन गैरे सन्तुुष्ट भएनन्। केही वर्षमा नै काठमाडौंमा घर बनाउने ठाउँ नरहने भएकाले यो समस्या हटाउन अहिलेबाटै सोच्नुपर्ने उनको बुुझाइ थियो। त्यहीमाथि अर्बान प्लानिङमै स्नातकोत्तर गरेका विपिनले आफ्नो क्षमता देखाउनै पाएका थिएनन्।
‘अहिले बनाइने चलनचल्तीमा घर बनाउन अबको पाँच वर्षमा धनी मान्छेले मात्र सक्छ। १० वर्षपछि ठाउँ नै हुँदैन,’ उनले भने। उनले थोरै ठाउँमा भेरै घर कसरी बनाउने भन्ने सोच्न थाले। देशविदेशका घरका मोडलबारे रिसर्च गरे। रिसर्च गर्दै जाँदा सिङ्गापुरमा चलनचल्तीमा रहेको टाउन हाउस मोडल मनपर्यो उनलाई। अनि अर्बान स्पेसको नाममा त्यही प्रोजेक्टमा हात हाल्ने निर्णय गरे।
अर्बान स्पेस अवधारणामा शहरी क्षेत्र वा शहरी क्षेत्रनजिकको स्थानको थोरै जमिनको प्रयोग गरिन्छ। थोरै जमिनमा पर्खाल नलगाई सामूहिक आवासका लागि घर निर्माण गरिन्छ।
नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
विवादमा नेपाली सेना, यस्तो छ इतिहास
अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया