रातोपाटी
ब्याजदर बढाउन वाणिज्य बैङ्कबीच चर्को प्रतिस्पर्धामा उत्रिएका छन् । बजारमा तरलता अभाव भएपछि निक्षेपकर्ताको रकम आफ्नोमा तान्न बैङ्कहरू अस्वाभाविक प्रतिस्पर्धामा उत्रिएका हुन् । अन्य बैङ्कको खातामा रहेको पैसा आफ्नो बैङ्कमा तान्ने लक्ष्यसहित निक्षेप ब्याज दोहोरो अङ्कमा पुर्याइएको छ । वाणिज्य बैङ्कहरूले कात्तिक १ गतेदेखि लागू हुने गरेर निक्षेपको ब्याजदर बढाएका छन् । योसँगै नेपाल राष्ट्र बैङ्कको चाहना विपरीत ब्याजदर दोहोरो अङ्कमाथि पुगेको छ ।
निक्षेपको ब्याजदर बढाउने प्रतिस्पर्धामा हिमालयन बैङ्क सबैभन्दा अगाडी छ । असोज महिनामा ‘फिक्स्ड डिपोजिट’मा ९ प्रतिशत ब्याज दिँदै आएको हिमालयनले अहिले २.२७ प्रतिशतले बढाएर ११.२७ रुपैयाँ पुर्याएको छ । यो, निक्षेप रकममा वाणिज्य बैङ्कहरूले दिएको अहिलेसम्मको सबैभन्दा बढी ब्याज हो । ब्याजदर बढाउने प्रतिस्पर्धामा एनआईसी एसिया र लक्ष्मी बैङ्कले हिमालयनलाई पछ्याइरहेका छन् । हाल एनआईसी एसियाले ११.१ प्रतिशत र लक्ष्मी बैङ्कले ११.०५ प्रतिशत ब्याज तोकेका छन् । यो, दोहोरो अङ्कको ब्याज हो ।
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया