रातोपाटी
ब्याजदर बढाउन वाणिज्य बैङ्कबीच चर्को प्रतिस्पर्धामा उत्रिएका छन् । बजारमा तरलता अभाव भएपछि निक्षेपकर्ताको रकम आफ्नोमा तान्न बैङ्कहरू अस्वाभाविक प्रतिस्पर्धामा उत्रिएका हुन् । अन्य बैङ्कको खातामा रहेको पैसा आफ्नो बैङ्कमा तान्ने लक्ष्यसहित निक्षेप ब्याज दोहोरो अङ्कमा पुर्याइएको छ । वाणिज्य बैङ्कहरूले कात्तिक १ गतेदेखि लागू हुने गरेर निक्षेपको ब्याजदर बढाएका छन् । योसँगै नेपाल राष्ट्र बैङ्कको चाहना विपरीत ब्याजदर दोहोरो अङ्कमाथि पुगेको छ ।
निक्षेपको ब्याजदर बढाउने प्रतिस्पर्धामा हिमालयन बैङ्क सबैभन्दा अगाडी छ । असोज महिनामा ‘फिक्स्ड डिपोजिट’मा ९ प्रतिशत ब्याज दिँदै आएको हिमालयनले अहिले २.२७ प्रतिशतले बढाएर ११.२७ रुपैयाँ पुर्याएको छ । यो, निक्षेप रकममा वाणिज्य बैङ्कहरूले दिएको अहिलेसम्मको सबैभन्दा बढी ब्याज हो । ब्याजदर बढाउने प्रतिस्पर्धामा एनआईसी एसिया र लक्ष्मी बैङ्कले हिमालयनलाई पछ्याइरहेका छन् । हाल एनआईसी एसियाले ११.१ प्रतिशत र लक्ष्मी बैङ्कले ११.०५ प्रतिशत ब्याज तोकेका छन् । यो, दोहोरो अङ्कको ब्याज हो ।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया