राजकुमार शर्मा
म्यान्मार सेनाको कुटाइबाट एक नेपालीभाषी (गोर्खा) युवकको हिरासतमै मृत्युभएको छ।
नागरिक अवज्ञा आन्दोलनमा सहभागी भएका गोर्खाली रमेश सुवेदीलाई ‘जुन्ता’ सरकारले हिरासतमा लिएर क्रूरतापूर्वक हत्या गरेको हो।
म्यान्मारको दोस्रो ठूलो शहर माण्डलेबाट रमेशसहित अन्य दूई बर्मेली युवालाई गत ३०–सेप्टेम्बरमा पक्राउ गरिएको थियो। सेनाको चर्को यातना खप्न नसकेर गोर्खाली युवक रमेशको मृत्यभएको बताइएको छ। पक्राउ गरेकै बेलुकी सेनाले कुटपिट गर्दा उनको मृत्युभएको हो।
सैन्य ‘कू’को विरोधमा उत्रिएका ५ हजार बढी बर्मेली राजनीतिक बन्दीहरूलाई सेनाले सोमबार रिहाई गरेको छ। रमेशका परिवारले उनीसमेत रिहा हुने अपेक्षा गरेपनि हिरातमै सेनाद्वारा मारिएको खबर सुन्नुपर्यो।
प्रजातन्त्र र स्वतन्त्रको पक्षमा वकालत पक्राउ गरी हिरासतमा पुर्याइएका रमेशलाई निर्मम ढंगले कुटपिट गरी हत्या गरेको एक नेपालीभाषीले बिएल नेपाली सेवालाई बताएका छन्।
पक्राउलगतै उनीहरूलाई केरकारका लागि सैन्य हिरासतमा लगिएको थियो। हिरासतभित्र रमेशमाथि क्रूरतापूर्वक यातना दिएको कैदमुक्त भएका प्रजातन्त्रवादीहरूले जनाएका छन्।
धर्म, न्याय र सत्यका लागि अर्का गोर्खाली युवक म्यान्मारमा सहीद भएको साहित्यकार लक्ष्मण न्यौपानेले बताए।
यसरी त कसरी चल्ला र देश ?
‘अब मैले बाबाको मन जित्नुछ’
रविको मुद्दा- बालेनको ‘लिटमस' टेस्ट
संक्रमणकालीन न्यायः नयाँ सरकार, पुरानो समस्या, दुखिरहने द्वन्द्वको घाउ
दीपक भट्टसँग शेखर गोल्छाको पनि कनेक्सन, अनुसन्धान ‘प्रभावित’ पार्न राजनीतिक लबिङमा
बालेनको अबको ‘लेन’!
आमाको मुख हेर्ने दिनः स्वर्गवासी आमाको सम्झना
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया