अर्घाखाँचीमा अरिङ्गालको टोकाइबाट ९ जना घाइते, ३ जनाको अवस्था गम्भीर 

रबि पोख्रेल

सन्धिखर्क
फाेटाे साैजन्य अर्घाखाँची बुलेटिन
फाेटाे साैजन्य अर्घाखाँची बुलेटिन

अर्घाखाँचीको शितगंगा नगरपालिकाको–२ सितापुरमा अरिङ्गालको टोकाइबाट ९ जना घाइते भएका छन। आइतबार दिउँसो खेतमा धान काटिरहेको समयमा अरिङ्गालले टोक्दा उनीहरू घाइते भएको इलाका प्रहरी कार्यालय ठाडाले जनाएको छ।

घाइते हुनेमा बर्ष ५४ का ऋषि राम क्षेत्री, बर्ष १८ का दुर्गा क्षेत्री, बर्ष ३५ कि हुमकला क्षेत्री, बर्ष १४ कि पुजा क्षेत्री, बर्ष १६ का धनिस्वर क्षेत्री रहेकाे प्रहरूि जनाकारी दिएकाे छ। 

घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर रहेकाे र उनीहरूलाई थप उपचारका लागि बुटवल रेफर गरिएको छ। बाँकी ६ जनाको स्थानीय सितापुर स्वास्थ्य चौकीमा उपचार भइरहेको छ।

प्रकाशित मिति: : 2021-10-18 05:58:00

प्रतिकृया दिनुहोस्