मदन नेपाली
नेपालको संविधान अनुसार एकभन्दा बढी बिहे गर्ने लाई दण्डित गरिन्छ। नेपालमा मात्रै नभएर संसार भरका प्रयाशः देशमा बहुविवाहलाई कानुन विपरीत मानिन्छ। त्यसैले बहुविवाहको कुरा गर्नु भनेको समाजबाट बाहिष्कृत हुनु हो।
केही वर्ष अगाडि बलिउड अभिनेत्री प्रियंका चोपडाले 'पुरुषको आवश्यकता बच्चा जन्माउन मात्र हो' भन्ने अभिव्यक्ति दिँदा उनी सामाजिक सञ्जालमा आलोचनाको पात्र बनिन्। यस्ता अरु पनि घटना छन्। तर, नेवार समुदायले यो तथ्यलाई शताब्दीदेखि अभ्यास गर्दै आएको छ।
नेवार समुदायमा छोरीको चार पटकसम्म विवाह हुन्छ। यी चारै विवाह कन्यादानको एक विधि हो। छोरीको रजस्वला हुनुभन्दा पहिले नै बेल (इहि) र सूर्य विवाह हुन्छ। सूर्य विवाहभन्दा अघि गन्भधर्व विवाह हुन्छ जुन बन्द कोठाभित्र हुने भएकाले कसैले पनि देख्दैनन्। त्यसछि चौँथो विवाह पुरुषसँग गरिन्छ।
बेल विवाह अर्थात् बालिका रजश्वला हुनु अगाडि गरिने 'इहि' प्रचलन। 'इ' भनेको नेपाल भाषामा समय हो र 'हि' भनेको रगत हो अर्थात् रगत देखा पर्नु अगाडि गर्नुपर्ने संस्कार नै इहि संस्कार हो। इहि गर्ने बालिका दिनभरी व्रत बसेर बेलकाे पूजाआजा गर्दछन्।
यो प्रचलन सयौं वर्षदेखि चल्दै आएको छ। यो एकदमै पवित्र अनुष्ठान हो र कन्याको रूपमा वास्तविक कन्यालाई परमेश्वरलाई सुम्पिएको मानिन्छ।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया