लिम्बू र किराँतीहरूलाई यसरी बाध्य पारियो दसैं मनाउन

सेतोपाटी

सबिना श्रेष्ठ
यस वर्ष मदन पुरस्कार जितेको ‘लिम्बुवानको ऐतिहासिक दस्तावेज संग्रह’ का लेखक भगीराज इङ्नाम। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
यस वर्ष मदन पुरस्कार जितेको ‘लिम्बुवानको ऐतिहासिक दस्तावेज संग्रह’ का लेखक भगीराज इङ्नाम। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी

लिम्बुवान इतिहासका अध्येता भगिराज इङ्नामसँग दसैं वार्ता

लिम्बुवान इतिहासका अध्येता भगिराज इङ्नामको घरमा दसैं नभित्रिएको तीन वर्ष भयो।

झापामा रहेका उनका दिदीबहिनी र दाजुभाइले दसैं मान्न छाडेको त २०४५–४६ सालतिरै हो। उनले भने चटक्कै छाड्न सकेका थिएनन्। तै पनि उनलाई मनमनमा सधैं लाग्थ्यो, 'दसैं हाम्रो चाड होइन।'

हरेकचोटि दसैं मनाउँदा मनमा यस्तो कुरा खेल्न थालेपछि इङ्नामले तीन वर्षअघि दसैं नमनाउने निर्णय गरे। परिवारका ठूलादेखि साना सदस्य सबैलाई भेला गरेर उनले भने, 'दसैं हाम्रो चाड होइन।'

इङ्नामजस्ता लिम्बू र अन्य किराँती समुदायले दसैं मान्नु र छाड्नुको कारण लगभग उस्तै छ।

 

 

प्रकाशित मिति: : 2021-10-13 15:45:00

प्रतिकृया दिनुहोस्