रक्सी छोडाउने बुटी

शिलापत्र

काठमाडौँ

  नवराज कुँवर

 

यसपालि दसैँकाे चहलपहल पाेहाेरभन्दा बढ्ता छ । गाउँहरूमा मान्छे बाक्लै देखिँदैछन् । विदेशदेखि स्वदेशकै विभिन्न शहर बस्नेहरू गाउँ आउने क्रम चलिरहेकाे छ । पूर्व-पश्चिम वैकल्पिक राजमार्गमा पर्ने भएकाले उदयपुरकाे बेलका नगरपालिका भएर पूर्वीपहाडी जिल्लादेखि सुदूरपूर्वका जिल्ला जानेहरूकाे हुल पनि सानाेतिनाे छैन ।  

बिहानै रामपुरकाे हलुवाई होटलमा एउटा दृश्य देखियो । आशाराम काका काँचको पाउवाला गिलासमा दूध पिइरहेका थिए । छेउछाउका अरूलाई पनि हेरेँ । उनीहरू सबैको हातमा चियाको गिलास थियो । आशाराम काका मात्रै दूध पिउँदै गफिँदै थिए ।

उनलाई चिन्ने हामी सबैका लागि त्यो दृश्य अद्भुत नै थियो । किनभने, आजभन्दा चार महिनाअघिसम्म आशाराम काका यो समय ठूलदिदीकाे भट्टीमा तीनपानेको गिलास समातिरहेकाे अवस्थामा भेटिन्थे ।

म छेउमा गएँ । लेखबहादुर बडाउले मेरा लागि पनि चिया मगाए । आशाराम काकाले आफूछेउकाे मुढा मतिर सारिदिए । पहिला सुन्निएर अनुहार पुक्क थियो । आजकाल साँच्चै मोटाएर गाला रातोपिरो देखिने भएछन् । मैले नै केही कुरा सुरु गरिदेओस् भन्ने आशामा देखिएका उनी निकै गर्व रसमा देखिए । मसँग भएका शब्द र जिज्ञासाहरू आश्चर्यले जेलिएका थिए । म कहाँबाट, कुन प्रश्नबाट सुरु गरौँ भन्ने दोधारमा थिएँ ।

धेरै प्रश्नहरू सलबलाइरहेका थिए । त्यतिबेलै सिगरेट तान्दै हलुवाई होटल आइपुगेका भट्टराई बाजेले पनि चिया अर्डर गरे ।

आशाराम काका भट्टराई बाजेतिर फर्किए । उनले कडा शब्दमा सुझाव पस्किए, ‘तिमीलाई बाँच्न मन छ कि छैन हाँ ?’

अचानक यस्तो प्रश्न सुनेर ठट्यौली गरिरहने करिब ७० वर्षीय बाजे छक्क परेका हुँदा हुन् । उनले यताउती सबैलाई हेरे । ‘हन के भन्छ ?,’ उनले आश्चर्य प्रकट गरे । 

‘धूमपान स्वास्थ्यका लागि हानिकरक छ, तिमीलाई क्यान्सर हुन्छ । तिमीले तानेको यो चुरोटले तिमीलाई मात्रै होइन, तिम्रो बुढी, छोरोछोरीलाई पनि असर गरिरहेको छ । स्वास्थ्यको हिसाबले पनि र सम्पत्तिको हिसाबले पनि । कुरा बुझ, तिमीले तानेको धुवाँले तिम्रो छाती मात्रै कालो बनाएको छैन, परिवारको भविष्य पनि कालो बनाइरहेको छ’, आशारामले सासै नफेरी यति भने ।

प्रकाशित मिति: : 2021-10-13 13:25:00

प्रतिकृया दिनुहोस्