साहित्यकार झमक घिमिरेकाे घरमा चोरी, मदन पुरस्कार पाउँदाकाे चिनाे गायब

काठमाडौँको गोठाटारस्थित साहित्यकार झमक घिमिरेको घरमा चोर पसेको छ। बुधबार बिहान करिब २ बजे घिमिरेकाे घरमा चाेर पसेकाे हाे। 

रातकाे समयमा घिमिरेको घरमा चोर पसेर धनमाल लुटेको ‘झमक घिमिरे साहित्य प्रतिष्ठाननी उपाध्यक्ष अनिता लामाले बिएल नेपाली सेवालाई बताएकी छिन्।

उनका अनुसार घरमा मानिस भनएको अवस्थामा चोरले ढोका फोरेर घरभित्र गएर सामान लुटेका हुन्। झमकको परिवार दसैं मनाउनको लागि केही दिनअघि धनकुटास्थित घर गएका थिए। 

मदन पुरस्कार विजेता झमकलाई उक्त घर सरकारले बनाईदिएको हो। झमकको परिवार गत वैशाख २२ गतेबाट सोही घरमा बस्न थालेका थिए। केही हप्तादेखि सोही क्षेत्रमा चोरका विगविगी बढ्न थालेकाे थियाे। यही असोज १७ गते राति पनि झमकाको घरमा चोर पस्न लाग्दा स्थानीले लखेटेका थिए।

झमकको घरमा पुनः चोर आउन सक्ने आशंकामा स्थानीयले निगरानी गरे पनि राति मानिसहरु सुतिरहेकाे माैका छोपेर चोर पसेकाे हाे। 

चोरले घरका सबै कोठाको ढोका फोरेर ल्यहाँ भएका सामान लगेको लामाले बताएकी छिन्। उनका अनुसार झमकले मदन पुरस्कार ग्रहण गर्दा पाएको चाँदीको दियोसहित केही गरगहन चाेरले लगेका छन्। चाेरकाे विगविगी बढेकाेले महत्वपूर्ण सामान भने घिमिरे परिवारले सँगै गाउँ लगेका थिए।

दसैंमा मानिसहरु घर गएको मौका छाेपी काठमाडौँमा चोरीका गतिविधि बढ्न थालेका हुन्। जसका कारण काठमाडौँबाट गाउँ गएकाहरू समेत त्रासमा छन्।

प्रकाशित मिति: : 2021-10-13 13:10:00

प्रतिकृया दिनुहोस्