प्रवासी नेपाली मञ्च अष्ट्रेलियाले घोषणा गर्‍याे ७१ सदस्य राष्ट्रिय कमिटीको युवा दस्ता

बिएल संवाददाता

अष्ट्रेलिया

प्रवासी नेपाली मञ्च अष्ट्रेलिया शैक्षिक आन्दोलन, लोकतान्त्रिक गणतन्त्रको योद्दा, सामाजिक परिवर्तनको संवाहक, राष्ट्रियताको पहरेदार र रचनात्मक कृयाकलापको प्रमुख संगठन हो।

लोकतन्त्र र मानव अधिकार, सामाजिक न्याय सँगसँगै प्रवासमा रहेका विद्यार्थीको हकहित र अधिकार प्राप्तिको लागि निरन्तर जागरुक रहँदै उज्वल शैक्षिक भविष्य निर्माणका निम्ती समेत सदैव क्रियाशील संगठन हो।

नेकपा एमालेनिकट प्रवासी संगठन प्रवासी नेपाली मञ्च अष्ट्रेलियाले गत आइतबार ७१ सदस्यीय राष्ट्रिय कमिटीको युवा दस्ता प्रवासी नेपाली युवा मञ्च अष्ट्रेलिया घोषणा गरेको छ। ऊक्त कार्यक्रमा नेपाल कम्युनिष्ट पार्टी एमालेका केन्द्रीय सदस्य, पूर्वमन्त्री एवं राष्ट्रिय युवा संघका इञ्चार्ज महेश बस्नेत प्रमुख अतिथि भएकाे थियो भने कार्यक्रममा राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष किरण पौडेल र प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटीका अध्यक्ष भक्त गुरुङको विशेष आतिथ्यता रहेको थियो।

भर्चुवल भाध्यमबाट भएको कार्यक्रममा प्रवासी नेपाली अन्तराष्ट्रिय मञ्चका युवा तथा खेलकुद विभाग प्रमुख महेश गिरी, प्रवासी नेपाली मञ्च अष्ट्रेलियाका संस्थापक अध्यक्ष एवं प्रवासी नेपाली मञ्च अष्ट्रेलियाका प्रमुख सल्लाहकार जगदीश तिमसिना, सल्लाहकार भवानी ओली, एनआरएन आइसीसी ओसेनिया क्षेत्रीय संयोजक होम पाण्डे, एनआरएन अष्ट्रेलियाका उपाध्यक्ष एवं न्यू–साउथ वेल्स राज्यका संयोजक देव गुरुङ, उप-संयोजक सुकीर्ति भट्टलगायत अतिथिकाे रूपमा रहेका थिए।

घोषणा कार्यक्रममा दुई सय बढीको सहभागिता थियो भने मञ्चका केन्द्रीय सचिव शिशिर नेपालले नवगठित युवा मञ्चको पदाधिकारी, राज्य संयोजक एवं राष्ट्रिय सदस्यहरूको नाम घोषणा गरेका थिए। घोषणा पश्चात राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष किरण पौडेलले नवगठित कमिटीलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराएका थिए। शपथ ग्रहण पश्चात नवगठीत युवा मञ्चका अध्यक्ष अरुण गौतमले युवाहरूको आवाज़सँगै अष्ट्रेलियामा जागीर, कोठा, शारीरिकर मानसिक हिसाबले युवा विद्यार्थीहरूप्रति लक्षित कार्यक्रम र यात्रामा सारथी बन्नका लागी अपील गरे।

अरुण गौतमको अध्यक्षतामा घोषणा भएको मंचमा  उपाध्यक्ष प्रकाश सुबेदी, महासचिव अनिल खड़का, सचिव बिरोध थिंग, कोषाध्यक्ष संजिव थापा मगर र ८ वटै राज्यबाट संयोजकहरूमा नर्दन टेरिटोरिमा राम चन्द्र (निशान) जोशी, वेस्टर्न अष्ट्रेलियामा प्रकाश घिसिंग, तास्मानियामा मुगेन गौतम, अष्ट्रेलियन क्यापिटल टेरिटोरिमा किशोर भण्डारि, साउथ अष्ट्रेलियामा धिरजजंग खड़का, कुइन्सल्यांडमा युकेश पराजुली, भिक्टोरियामा बिकास सिलवाल र न्यु साउथ वेल्स राज्य बाट सरोज भण्डारी एवंम   राष्ट्रिय कमिटी सदस्यहरूमा बिबेक नेपाल, मनीषा पंगेनि, सन्देश उपाध्याय, अनिल भुषाल, किशोर कुँवर, किरण लाल अधिकारी, रबिन भुषाल, आशिस कट्टेल, हेमराज पौडेल, के-राज खनाल, पुष्प राज आचार्य, रीजन लामिछाने, रबिन अर्याल, बाबुराम शर्मा, राजीव सापकोटा, शिव वस्याल, संजय अर्याल, राजीव बस्नेत, समिर बस्नेत, राजनेस श्रेस्ठ, बिकास चापागाई, बिकास लम्साल, आयाम श्रेस्ठ, अरुण तिवारी, सन्देश श्रेस्ठ, बिमल पाण्डे, दिप क्षत्री, लक्ष्मी गुरुँग, मधु सुदन देवकोटा, प्रेम शाही ठकुरी, सुरेश बोगटी, देवराज लामिछाने, लेखु अधिकारी, मदन भण्डारी, क्षितिज चन्द्र राई, बिपुल ज्ञवाली, रोसन तामाँग, पुष्प तामाँग, सुमन वली, सुवर्ण घिमिरे, धुर्व न्यौपाने, किरण पौडेल, मदन राज सिग्देल, रमेश अधिकारी, मोहन भण्डारी, सुनिल खंडाल, सशांक बश्याल, सफल पोख्रेल, सुनिल श्रेस्ठ, पदम अधिकारी, बिशाल बराल, सुजन जंग बर्तौला, झलक गुरुँग, सुमन बिक, जीवन न्यौपाने, प्रताप लामा, बिमल बस्नेत र सुमन बर्तौला गरी कुल ७१ सदस्यीय राष्ट्रिय कमिटी घोषणा गरेको छ।

कार्यक्रमको सञ्चालन प्रवासी नेपाली मञ्च अष्ट्रेलियाका सचिव शिशिर नेपालले गरेका थिए–भने स्वागत मन्तव्य संगठन विभाग प्रमुख बालगोपाल उपाध्याय र धन्यवाद ज्ञापन मञ्चका सचिवालय सदस्य केशब जोशीले दिएका थिए।

प्रकाशित मिति: : 2021-10-12 20:48:00

प्रतिकृया दिनुहोस्