पाटनकाे लिच्छवीकालिन मनमानेश्वरी देवी मूलचोकमा भित्र्याइयो [भिडियाे]

७ दशकपछि तीन गुथियारले बोके शक्तिको प्रतिक तीन खडग

शनि शाक्य

काठमाडौं

देशैभरी मोहनी नख:को सुरुवात तथा फूलपाती भित्रीदैं गर्दा ललितपुरकाे पाटन दरवारमा लिच्छविकालिन मनमानेश्वरी देवीलाई कौलाथ्व: सप्तमी मंगलवारका दिन मू छें आगंम घरबाट मूलचोकमा अवस्थित मू छें माजुको देवालयमा शक्तिको प्रतिक तीन खडग सात दशकपछि तीन गुथियारहरुले बोकेर भित्र्याईएको छ।

स्थानीय भाषामा 'द्यो: क्वहाँ बिज्याकेगु' भनि  घटस्थापनादेखि साधना गरिएको उक्त देवीको प्रतिमा र पौराणिक तीन खडगसहित बिधिवत पूजा–आजा सम्पन्न गरी ललितपुर महानगरपालिका प्रमुख चिरिबाबु महर्जन लगायतको समुपस्थितिमा बाजागाजासहित मूलचोकमा भित्राईएको हो।

खडगसिद्धी र शक्ति साधनासंग सम्बन्धित यस मानमानेश्वरी देवी लिच्छवी राजा मनदेवको ईष्टदेवी रहेको मान्यता पाईन्छ। यस मूर्तीसँगै शक्तिको प्रतिक तीन खडग बिधिवत पूजाआजापछि वि.सं. १९९० सालको महाभुकम्पबाट भत्किएको मूलचोकको उत्तर पश्चिम कुनास्थित मूछें माजु मानमानेश्वरी देवी मन्दिरको गर्भमा बिराजमान गराईन्छ।

'गतवर्ष पनि काेराेना महामारीका कारण लिच्छवीकालिन यस पाय: खडग जात्रा सांकेतिक रूपमा सम्पन्न गरियो। यसपटक झण्डै ७ दशकपछि आकाश, धरती र पाताल गरी त्रीभुवनमाथि बिजयको प्रतीक स्वरूपी तीन खडगहरु कुल परम्परा सम्बन्धित गुथियार दाजु–भाइ समेत जागरुक बनाई सम्पन्न गर्न पाएकोमा गौरवान्वित महसुश गरेको छु' मूल गुठियार एवं मूछें आगम गुठी तथा खडग जात्रा ब्यवस्थापन समितिका अध्यक्ष साम्राज्यदेवं श्रेष्ठले भने।

यस अगाडि वि.सं. २०५१ सालदेखि बिविध कारणले रोकिएको परम्परा जनप्रतिनिधीविहिन अवस्थामा पत्रकार दबूको पहलकदमी अनि ललितपुर उद्योग बाणिज्य संघ पदेन संयोजक बनाई यल साँस्कृतिक पर्व संरक्षण समिती बनाई थालिएको थियो। उक्त सामूहिक प्रयासको फलस्वरूप २०७४ मा २३ वर्षपछी मू छेँ आगम घरबाट साम्राज्यदेव श्रेष्ठज्युले लिच्छवीकालिन पाय: २३ वर्षपछि पून: निकाल्ने संकल्प अनि क्षमापूजासँगै पाँच वर्षदेखि रोकिएको नवदुर्गा नाच (गथूप्याखँ) सो वर्ष नवनियुक्त ललितपुर महानगरका प्रमुख, उप-प्रमुखका साथै गोदावरी नगरप्रमुख समेतको उपस्थितीमा संञ्चालन गर्ने प्रतिबद्धता जाहेर गरिएको थियो। 

सबै सरोकारवालाहरुको सामूहिक साथ लिई २०७५ सालदेखि मनमानेश्वरी देवी शक्ति साधना सम्बन्धित तीनैवटा खडगहरु एक्लै बोकेर खडग जात्रालाई पुनसंचालन गर्न योगदान गरेका साम्राज्यदेव श्रेष्ठले सानैमा बुबासित ११ वर्ष सम्म खडग बोकेका हुन।

ललितपुर दरवार क्षेत्रको मौलिक ऐतिहासिक संस्कृतिलाई यस पुस्तामा पुनसंचालनका साथै कुल परम्परा निरन्तरता पाउनेमा बिश्वस्त हुनुकासाथै दायित्वबोध बढेको यस पटक नयाँ गुठियारहरु सुनील र सुहेल श्रेष्ठ बताउँछन।यस ऐतिहासिक परम्परालाई निरन्तरता दिन समायानूकूल रकमको

'बिगतमा हामी आएपछि ललितपुर उद्योग बाणिज्य संघको आंशिक सहयोग समेत जोडेर महानगरले सक्दो आर्थिक जोहो गरेका छौं। यस पटक २५ लाखको अक्षयकोष ब्यवस्था गरेको छु भने भविष्यमा यो राशी बढाउने अवस्था रहने आशावादी छु।' मेयर महर्जनले भने।

स्मरणयोग्य छ, २०७२ को महाभूकम्पबाट क्षतिग्रस्त मूछें आगम घर यसै वर्षदेखि मूछें आगं संरक्षण तथा खडग जात्रा ब्यवस्थापन समितिको साथमा मंगलटोल सुधार समिती, ललितपुर महानगरपालिका, पुरातत्व बिभाग र केपिभिटीको प्राविधिक सहयोगमा पुनर्निर्माण कार्य अगाडि बढेको छ।

प्रकाशित मिति: : 2021-10-12 20:07:00

प्रतिकृया दिनुहोस्