हनुमानढोकास्थित दरबारको दसैँघरमा भित्र्याइयो फूलपाती [फाेटाे/भिडियाे]

शनि शाक्य

काठमाडौं

काठमाडाैँकाे बसन्तपुरस्थित हनुमानढोका दरबारको दसैँघरमा गोरखाबाट ल्याइएको फूलपाती भित्र्याइएकाे छ। प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व शास्त्रीय विधिअनुसार मंगलबार दिउँसाे चार बजे दसैँघरमा भित्र्याइएकाे हाे।



पाटनकाे लिच्छवीकालिन मनमानेश्वरी देवी मूलचोकमा भित्र्याइयो [भिडियाे]

घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजा आजा गरिएको दसैँ घर अथवा पूजा कोठामा शुभ साइतको प्रतीकका रूपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्र्याउने गरिन्छ।

गोरखाबाट धादिङकाे जीवनपुरसम्म दसैँघरका पूजारीसहित मगर जातिका छ जनाले ल्याउने र धादिङ जिल्लाको जीवनपुरबाट काठमाडौँको जमलसम्म काठमाडौँबाट गएका ब्राह्मण जातिका छ जनाले ल्याउने परम्परा रहिआएको छ।

जमलबाट हनुमानढोकासम्म निजामती सेवाका उच्च पदस्थ अधिकारीहरु, गुर्जुका पल्टन, ब्याण्डबाजा, पञ्चेबाजा र सांस्कृतिक नाचगानसहितको लावालस्करका साथमा फूलपाती ल्याइएकाे हाे।

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री, काठमाडौँका प्रदेशसभा सदस्य र स्थानीय तहका जनप्रतिनिधि लगायत सहभागी भएका थिए। 

प्रकाशित मिति: : 2021-10-12 19:23:00

प्रतिकृया दिनुहोस्