कसरी सुरू र व्यापक भयो दसैं?

सेतोपाटी

पोष्टबहादुर बस्नेत

महिनौं लामो झरीको मौसम सकिएपछि सुरु हुन्छ, शरद ऋतु। खेतमा धान झुलेको बेला मध्यपहाडका किसान फुर्सदिला हुन्छन्। वसन्त ऋतुझैं मौसम शितल हुन्छ–अचाक्ली गर्मी सकिन्छ र मुटु कमाउने सिरेटो आएको हुँदैन।

खुला आकाशमा चंगा उड्न थाल्छन्। मध्यरातमा सुगन्ध फैलाउने पारिजातका फूल झिसमिसेमै छरिएर भूइँ सेताम्मे भइसकेको हुन्छ। वर्षाले बनाएको हरियो लेउ पारिलो घामले सेकिएर पाप्रा बनेर उप्कन थाल्छ। र, त्यहाँ भेटिन्छ– माटोको मौलिक रङ र सुगन्ध।

शरद ऋतुमा नै पर्छ उल्लासमय दसैं चाड। जीविकाको खोजीमा गाउँघरबाट टाढिएका आफन्तजनले पुनर्मिलनका लागि दसैं कुर्छन्। काठमाडौंबाट घर फर्कन गाडीको टिकट पाउन मानिसको घुँइचो लाग्छ। गाउँमा रमिता हुन्छ, कमेरो माटोले घर पोतिन्छ, केटाकेटी हर्षित हुन्छन्।

सरकारी र निजी कार्यालयमा समेत लामो विदा र तलबबाहेकको दसैं खर्च पाइन्छ। मेरो काम कहिले हुन्छ भनी सेवाग्राहीले सोध्दा उत्तर आउँछ– दसैंपछि। खाने, पिउने र उत्सव मनाउने समय हो, दसैं। बाँकी सबै काम त्यसपछि।

प्रकाशित मिति: : 2021-10-12 10:59:00

प्रतिकृया दिनुहोस्