काेराेनाकाे कारण राेकिएकाे जुम्ली घाेडा दाैड प्रतियोगिता पुन: संचालन हुँदै

अघिल्लो वर्ष काेराेनाकाे जिखिमका कारण राेकिएकाे जुम्ली घाेडा दाैड प्रतियोगिता याे वर्ष पुन: संचालन हुने भएकाे छ।

विगत पाँच वर्षदेखि कर्णाली स्पाेर्टस् क्लबले आयाेजना गर्दै आएकाे प्रतियोगिता अघिल्लो वर्ष काेराेनाकाे उच्च जाेखिमका कारण राेकिए थियाे।

परापुर्व कालमा जुम्ली घाेडाकाे महिमा इन्डिया र चीनकाे सिमानासम्म रहे पनि हाल आएर लाेप हुने स्थितिमा पुगेपछि प्रतियोगिता मार्फत घाेडा जुम्ली घाेडाकाे महत्त्व प्रवर्द्धन गर्न लागिएको कर्णाली स्पाेर्टस् क्लबका अध्यक्ष सराेज शाहीले बताए।

'इतिहास, ठ्याक्कै तिथि मिति त हामीलाई पनि थाहा छैन। तर जुन दिनदेखि हामी जान्ने भयाैं, त्यतिबेला जुम्ला एयरपोर्टमा घाेडा दाैड प्रतियोगिता हुने गरेकाे देखेका थियौँ,' उनले भने, 'एयरपोर्ट पिज भएपछि बन्द भयाे। लामाे समय बन्द भएकाे जुम्ली घाेडा दाैड प्रतियोगितालाई पुन: संचालन गरि पर्यटन प्रवर्द्धनमा जाेड दिने उदेश्य रहेकाे छ।'

उनका अनुसार कुनै बेला जुम्ली घाेडाकाे बजार ठुलाे थियाे। महत्त्व र महिमा पनि उस्तै थियाे। परम्परागत यातायातका साधनहरु पनि घाेडा नै थिए। दरबार देखि जनताका उपभाेग्य समान भाेट मधेस गर्ने पनि घाेडा नै थिए। 

तर विकसित यातायातकाे साधनले जुम्ली घाेडा लाेप हुने स्थिति पुगेकाेले पुरानाे संस्कृति जाेगाइ राख्न प्रतियोगिता संचनलनमा बल पुगेकाे अध्यक्ष शाहीले बताए। 

हरेक वर्ष फुलपाति भन्ने बित्तिकै घाेडा दाैड प्रतियोगिता सम्झिने जुम्लीहरुका लागि पनि स्मरण ताजा हाेस भनी यसकाे तयारी र प्रचारप्रसार थालिएको उनले थपे।

'फुलपातीकाे दिन हुने प्रतियोगिताकाे सम्पूर्ण तयारी पूरा भएकाे छ,' उनले भने, 'याे पाली हामीले समयै प्रतियोगिता सकाउनका लागि बीस वटा प्रतियाेगिलाई समेट्ने याेजना बनाएका छाैं।'

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमश पाँच हाजार, तीन हजार र दुई हजार पुरस्कारको व्यवस्था गरिएकाे आयाेजकले जनाएको छ।

प्रकाशित मिति: : 2021-10-11 19:39:00

प्रतिकृया दिनुहोस्