रूसमा विमान दुर्घटनामा १६ जनाको मृत्यु

Photo: AFP
Photo: AFP

रूसमा एउटा विमान दुर्घटनामा परेको छ । दुर्घटनामा कम्तीमा १६ जनाको मृत्यु भएको रुसी समाचार संस्था टासले जनाएको छ।

दुर्घटनापछि ७ जनाको जीवितै उद्दार गरिएको छ। 

राजधानी मस्कोबाट झन्डै १ हजार किलोमिटर पूर्वमा रहेको टेटार क्षेत्रमा विमान दुर्घटनामा परेको थियो। 

दुर्घटनामा परेको विमान एउटा स्थानीय क्लबको रहेको जनाइएको छ। विमान दुर्घटनाबारे अनुसन्धान भइरहेको छ। 

प्रकाशित मिति: : 2021-10-11 07:27:00

प्रतिकृया दिनुहोस्