राेचकः अफगानी मैना आबुधाबीको दूतावासमा फसेपछि फ्रान्सेली राजदूत दुःखी

आफूसँग लामो समयदेखि बसेको चरालाई मालिकले अकस्मात छोडेर जाँदा उसले कस्तो महशुस गर्ला ? संभवतः पशुपंक्षीको भावना बुझ्नेलाई मात्र यसबारे थाहा हुन्छ।

आबुधाबीस्थित फ्रान्सका लागि युएईको दूतावास भवनको एउटा पिन्डजाभित्र रहेको जुजीले अहिले आफूलाई हुर्काउने मालिकसँग छुट्दाको छट्पटी अनुभूति गरेको छ।

१५ अगस्टमा तालिवानले अफगानिस्तानको सत्ता कब्जामा लिएपछि काबुल छोड्न चाहने आमअफगानीको संख्या उल्लेख्य थियो। अधिकांश अफगानी काबुलमा खटिएका विदेशी सेनाको पछि लागेर उनीहरूसँगै फर्किएका थिए।

ती मध्येकै एक अफगान महिला पनि फ्रान्सेली सेनासँगै राजधानी काबुल छोडेकी थिइन्। उनी फ्रान्स फर्किदा वर्षैैंदेखि आफूले पालेको मैना चरी ‘जुजी’ लाई पनि सँगै लगेकी थिइन्। तर, आबुधाबीमा पुगेपछि सफाईको कारण देखाउँदै विमानस्थलका कर्मचारीले जुजीलाई फ्रान्स उड्न अनुमति दिएनन्।

ती महिला तत्कालै रून थालिन। तर, उनको केही लागेन्। जुजीलाई विमानस्थलमै छोड्नु पर्ने भयो। त्यही बेलामा उनको भेट अबुधाबीका लागि फ्रान्सका राजदूत जेभियर चटेलसँग भयो। उनको समस्या सुनेपछि राजदूतले जुजीलाई फ्रान्सको दूतावास लगेर रेखदेख गर्ने प्रस्ताव गरे।

राजदूतको प्रस्तावपछि ती महिलाले तत्कालै ‘हुन्छ’ भनिन्। अहिले पनि जुजी दूतावास भवन छ।

अफगानी भाषा बोल्ने बानी परेको जुजी अहिले एक÷दुई ओटा फ्रान्सेली भाषा बोल्न सिकेको छ। तर, आफूलाई लामो समयदेखि हुर्काउने मालिक नदेख्दा कहिलेकाही टोलाउँछ।

उसको पीडा राजदूत चटेलले पनि बुझेका छन्। तर, उनीसँग तत्काल अर्को विकल्प छैन्। आफूले कुनै दिन मालिकसँग जुजीको भेट हुने उनले  विश्वास व्यक्त गरेका छन्। जुजीको पीडाले आफूलाई झन् नरमाइलो लागेको उनी बताउँछन्। 
 

प्रकाशित मिति: : 2021-10-07 11:04:00

प्रतिकृया दिनुहोस्