स्वागत छ दशैं तिमीलाई

वर्षा हराएर धर्तीभरी सुमधुरता बाेकेर
सफा स्वच्छ नीलो आकाशमा आशा भरेर
धर्तीमा नयाँ उमङ्ग अनि नयाँ सोच लिएर
सभ्यतामा आशा,खुसी र उमङ्ग बनेर आउ
गाउँ शहरमा स्वागत छ दशैं तिमिलाई।

रोग व्याधीले आक्रान्त र विचलित समाजमा
विजयको रातो टिका लिई आशा भरोसा बनेर
फेरि कसैका आँखामा आँशु बाेक्न नपरोस
फेरि कसैका घरमा गरिबी र निराशा नआहाेस्
तिमी बस्ति बस्तिमा पूर्ण खुसीयाली लिएर आउ
गाउँ शहरमा स्वागत छ, दशैं तिमिलाई।

विभाजन र तिक्तताले बस्तीहरु धेरै रोएका छन्
आफै आफैमा विभाजनले विभक्त छन् समाज
यसबीच एकतासँगै उमङ्गको जमरा लिएर आउ
बस्तीहरुले मान्नु गुन मान्नेछन समानता बाेकेर
सबै जनहरुमा मानवीयताको विज लिएर आउ
गाउँ शहरमा स्वागत छ, दशैं तिमिलाई।

वर्ष भरिका धेरै पिर व्यथालाई आफ्नैमा भूलाउँदै
आफू आफैमा आशिर्वाद अनि आफ्नैमा रमाउने
विजय र खुशीको गाथा अनि उमङ्ग लिएर आउ
असमानता अनि विभेदलाई सोचबाट  पन्छाउँदै
सभ्याताको मुहारमा मिलन अनि हासो बोकेर आउ
गाउँ शहरमा स्वागत छ, दशैं तिमिलाई।

प्रकाशित मिति: : 2021-10-06 20:49:00

प्रतिकृया दिनुहोस्