नयाँ पुस्ताले अपनाएकाे देखासिखीकाे बाटाे जसले समाजसँगै स्वास्थ्यमा पनि गम्भीर असर गरिहेकाे छ

अनुशा थापा

भक्तपुर

नेपालमा बेतिथिले यतिसम्म सीमा नाध्याे कि अहिले पाइलैपिच्छे बेतिथि नै बेतिथि भेटिन्छ। काठमाडाैँ उपत्यकामा मात्रै नभएर गाँउ–गाँउमा पनि भेटिन थालेको छ। याे द्रुत गतिमा फैलाउनुको प्रमृख कारण मध्ये एउटा देखासिकी पनि हो। जुन हाम्राे समाजले नपचाउने गरी फैलिरहेकाे छ।

हाम्रो समाजले मन नपराउने छोटा किसिमका पहिरनहरुलाई अहिले फेशनको रूपमा लिइन्छ। त्यस्तै, गीत संगीतको नाममा विकृति मात्र फैलिएको छ। सुन्नै नसकिने गीतहरू बजारमा छ्यापछ्याप्ति छन्। 

समाजमा चेतना फैलाउने गीत मानिसले सुन्नै छाडिसकेका छन्। भावनात्मक संगीत जसले मानिसकाे मनलाई शान्त पार्छ, यस्ता संगीत शुन्य बराबर छन्। परिवारसँग बसेर सुन्न मिल्ने गीत अहिले कमै मात्र बनेका होलान्।

त्यसमाथि गीतमा मोडलहरुले लगाएको पहिरन। मानौं गीत सुटिङको लागि होइन फेशन सोक लागि गरिन्छ। नेपाली संस्कृति र मौलिकता हराउँदै गइसकेको छ। पुरूषले दाैरा सुरूवाल तथा महिलाले गुन्यु–चाेली लगाउनै छाेडिसकेका छन्।

समयले धेरै फड्काे मारिसक्याे। अहिले हामी आधुनिक युगमा बाँचिरहेका छाैँ। आधुनिक युगसँगै हाम्रो सोचमा पनि केही परिवर्तन आएको छ। तर, आफ्नो संस्कृतिलाई नै बिर्सने गरी जथाभावी गरेर हिड्न भने मिल्दैन्। हाम्रा पूर्खा कस्ताे पृष्टभूमिबाट आएका थिए त्यो कसैले पनि बिर्सिनु हुँदैन। 

नेपालको संस्कृति संरक्षणाकाे लागि पूर्खाले के सम्म गरेनन् हाेला। यी कुराहरु अझैपनि स्मरणीय छन्। नेपाली मौलिकता बोकेको गीत संगीतको विकास र संरक्षण गर्नु हाम्राे जिम्मेवारी हो। नेपाली संस्कृतिको संरक्षण गर्नुपर्दछ। तर, सरकारबाट नै संस्कृतिको अपहेलना भइरहेको छ। नेपाली पहिरन वर्षमा एकदिन कार्यक्रममा लगाए कर्मचारी धेरै छन्। 

सरकारी कर्मचारीहरुले अनिवार्य रुपमा नेपाली पहिरन लगाउनुपर्छ भने, पुरुषले पनि दाैरा सुरुवाल लगाएकै हुनुपर्छ। तर, अहिले त सरकारी कर्मचारीहरु नै जिन्सको पाइन्ट लगाएर अफिस पुग्ने गरेको छन्। मन्त्रीदेखि प्रधानमन्त्रीले त राष्ट्रिय पोशाक नियमित लगाउँदैनन्। अरुको त के कुरा गर्नु। सपथ ग्रहण गर्ने जस्तो महत्वपूर्ण समयमा पनि कतिपय नेताहरूले नेपाली पाेशाक लागाउँदैनन्।

त्यस्तै, सरकारी महिला कर्माचारीले कपालमा विभिन्न किसिमका रङ्ग लगाएर हिँड्ने गर्छन्। सरकारी कर्मचारीहरुले यसरी कपालमा रङ्ग लगाएर कार्यालय जान पाइदैन। यसबारे सरकारी कर्मचारी आफै जानकार हुनुपर्दछ किनभने यसको नकारात्मक प्रभाव जनतामाझ पर्न सक्छ। नेपालकाे संविधानमा लेखिएको शव्द 'स्वतन्त्रता' सबैको लागि हो। तर, स्वतन्त्रता छ भन्दैमा जे मनमा आयो त्यही गर्न मिल्दैन्।

स्वतन्त्रताको प्रयोग गर्नुपर्छ तर अरुको अधिकारमा आँच नआउने गरी। हाम्रो समाजमा नकारात्मक प्रभाव नफैलिने गरी स्वतन्त्रताको प्रयोग गर्न कसैले पनि कसैलाई रोकेतोक लगाएको छैन। ऐन तथा कानुनभित्र रहेर सबै काम गर्नुपर्छ। अहिलेका युवा पुस्ताको चालचलन र ढाँचा देख्दा कतै अधिकारको नाममा दुरुपयोग त भएको छैन, भन्ने लाग्नु स्वाभाविकै हाे। आफूभन्दा ठूलोलाई गर्ने आदार सत्कारमा युवा पुस्तामा छैन्। 

अहिले यवा पुस्तामा ट्याटू माेह निक्कै बढेर आएकाे छ। ट्याटू सबैको मस्तिष्कमा नशाको लत जस्तै भइसकेको छ। ट्याटू खोप्नृ भनेको कति नराम्रो कुरा हो भन्ने बारेमा कसैकाे पनि ध्यान गएकाे छैन। अरुले ट्याटू खाेपेकाे देखेपछि म पनि खाेप्छु भन्नेकाे जमात ठूलाे छ।  हाम्रो देश नै देखासिकीको कारणले नकारात्मक बाटाेमा पुगेकाे हाे। अरु घोडा चढ्यो भन्दैमा आफू धुरी चढ्नैपर्ने प्रवृति अधिकांश नेपालीमा छ। यसरी पनि देश विकास सम्भव छ ?

ट्युटू खाेप्नु स्वास्थयका लागि पनि हानिकारक छ। ट्याटू खाेप्दा हड्डीहरुलाई असर पर्न सक्छ। एउटै सामानको प्रयोग गरी धेरै मानिसकाे ट्याटू खाेप्ने चलन नेपालमा चलिरहेकाे छ। यो बाट क्यान्सर लगायतका प्राणघातक रोगहरु लाग्न सक्छन्। जुनसुकै रोगीले पनि स्वास्थ्य परिक्षणण नगरी ट्याटू खाेप्ने गरेका छन। यसरी राेग सर्ने सम्भावन अत्याधिक हुन्छ।

दुखाई कम गर्नकाे लागि कतिपयले मादक पदार्थको सेवन गरेर ट्याटू खाेप्ने गर्छन्। यसरी जनतामाझ भ्रम फैलाएर ट्याटू व्यवसायीले आफ्नो कमाउधन्दा चलाएका छन्। मान्छेको ज्यान खोप्ने, चिर्न अधिकार ट्याटू व्यवसायीले पाएका छन्।

के ट्याटू व्यवसायी चिकित्सक हृन् ? मानिसकाे शरीर डाक्टर र नर्सले जसरी खाेप्न ? डाक्टर रनर्सले त सरकारसँग लाइसेन्स लिर्नुपर्छ। ट्याटू व्यवासायीले जनताको शरीरसँग खेलबाड गर्ने अधिकार कसले दियो ? मानिसलाई ट्याटू व्यवसायीले के सोचेको छन्। के मान्छे खसी/बाख्रा हुन् ? ट्याटू व्यवसायीले सरकारसँग मान्छेको शरीर खोप्ने सरकारबाट लाइसेन्स पाएका छन् ? ट्याटू व्यवसायीहरुको लागि कानुन नबनाउनु नै स्वास्थ्य मन्त्रालयको सबैभन्दा ठूलो कम्जाेरी हाे। जसले पायो त्यसले ट्याटू खोप्दा केही समस्या भए त्यसको जिम्मा कसले लिन्छ ?

त्यसैगरी उनीहरूले दिएको औषधि खान योग्य छ कि छैन् भन्ने कसैलाई जानकारी समेत छैन्। ट्याटू व्यवसायी आफै डाक्टर बनेको छन्। उनीहरूले दिएको औषधिले कति हानी गर्छ कसैलाई थाहा छैन्। राज्यबाट के–के सेवा सुविधाबाट वञ्चित हुन्छ भनेर जानकारी नहुँदा लहैलहैमा ट्याटू खाेपिहरहेका छन्। मान्छेले मर्दा अरु केही नलगे पनि ट्याटू लिएर जान्छन् भन्ने गलत प्रचारबाजी गरेर मानिसको शरीरमाथि खेलबाड भइरहेको छ। 

प्रकाशित मिति: : 2021-10-05 20:57:00

प्रतिकृया दिनुहोस्