शाहरुख खानका छोरा आर्यन ७ अक्टोबरसम्म हिरासतमै रहने

एजेन्सी

मुम्बई
Photo: PTI
Photo: PTI

क्रुज सिपमा लागुऔषधसँग भेटिएका आर्यन खानलाई ७ अक्टोबरसम्म एनसीबीले हिरासतमा राख्ने भएको छ।

नारकोटिक्स कन्ट्रोल ब्युरो (एनसीबी)ले आर्यनलाई हिरासतमा राख्न ११ अक्टोबरसम्मको मिति माग गरेको भए पनि किला कोर्टले ७ तरिखसम्मका लागि हिरासतमा राख्न आदेश दिएको हो। आर्यन अझै तीन दिन हिरासतमै रहनेछन्।

शनिबार मुम्बईस्थित एक क्रुजमा एनसीबीले छापा मार्दा भारतीय अभिनेता शाहरुख खानका छोरा आर्यनसहित १३ जना पक्राउ परेका थिए। क्रुजमा ड्रग्स पार्टी चलिरहेको थियो। मुम्बईबाट गोवातर्फ जाँदै गरेको उक्त क्रुज पार्टीमा सहभागी हुनेहरूले टिकटबापत ८० हजारदेखि दुई लाख भारुसम्म तिरेका थिए।

 यद्यपि, आफूले कुनै पैसा नतिरेको, ड्रग्स पनि नलिएको र केवल पाहुनाका रूपमा पार्टीमा सहभागी भएको बयान आर्यनले दिएका छन्।

प्रकाशित मिति: : 2021-10-04 19:55:00

प्रतिकृया दिनुहोस्