२०७८ असोज १६ गते शनिवार बिहान पौने २ बजे बुटवलको नेपालगञ्ज रोडमा बा४ख ९४५९ नम्बरको टिप्पर दुर्घटना भयो। दुर्घटनामा परी २ जना घाइते भए। उनीहरूको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ।
घाइते हुनेमा चालक रिब्दीकोट गाउँपालिका पाल्पाका ३४ वर्षीय शेरबहादुर सुनार र मकवानपुरका ३२ वर्षीय एक युवक रहेको लुम्बिनी प्रदेश प्रहरी कार्यालय बुटवलले जानकारी दिएको छ।
असोज १० गते धनुषाको जनकपुर उपमहानगरपालिका– १३ पिडारी चोकमा ना ७ ख ४७४८ नम्बरको टिप्परले विपरीत दिशाबाट आउँदै गरेको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार भारत मुज्जफ्फरपुर बिहारका ४५ वर्षीय आनन्दकिशोर दासको मृत्यु भयो। प्रहरीका अनुसार टिप्परको ठक्करबाट घाइते भएका उनलाई अस्पताल लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको थियो।