बेलायतले कोभिसिल्डलाई मान्यता नदिएपछि भारतले यसरी लियो बदला

बिएल संवाददाता

नयाँ दिल्ली
फाइल तस्वीर
फाइल तस्वीर

भारतले आफ्नो देश भ्रमण गर्ने सवै बेलायतीले अनिवार्य १० दिन क्वारिन्टिनमा बस्नुपर्ने नयाँ नियम ल्याएको छ। बेलायत भ्रमण गर्ने आफ्ना नागरिकलाई अनिवार्य क्वारिन्टिनमा राखेपछि त्यसको बदलामा भारतले पनि पूर्ण खोप लगाएका बेलायतीलाई अनिवार्य क्वारिन्टिनमा बस्नुपर्ने नियम ल्याएको हो।

बेलायतले कोभिसिल्डलाई मान्यता नदिएपछि भारतले बेलायतीका लागि नयाँ नियम ल्याउनुपरेको भारतीय विदेश मन्त्रालयका सचिव हरिस वर्धन स्रिंग्लाले बताए। यसअघि स्रिंग्लाले भारतीय खोपमाथि विभेद गरे बदला लिने चेतावनी दिएका थिए।

नयाँ व्यवस्थाअनुसार भारत भ्रमण गर्ने सम्पूर्ण बेलायतीले पछिल्लो ७२ घन्टाभित्रको कोभिड परीक्षणको नेगेटिभ रिपोर्ट पेस गर्नुपर्नेछ। भारत उत्रिएक दिन दोस्रो परीक्षण र आठौं दिन तेस्रो परीक्षण गर्नुपर्नेछ।

गत साता बेलायतले पूर्ण खोप लगाएका भारतीयलाई बेलायत भ्रमणका क्रममा अनिवार्य क्वारिन्टिनमा बस्नु नपर्ने जनाएको थियो। तर, अमेरिका, बेलायत र युरोपेली युनियनले अनुमोदन गरेको खोप लगाउनु पर्ने सर्त राखेको थियो।

प्रकाशित मिति: : 2021-10-03 12:25:00

प्रतिकृया दिनुहोस्