सम्बन्धविच्छेदको नयाँ 'भेरियन्ट'– पतिको कमाइबाट विदेशमा पढाइ, पीआर पाएपछि लात !

लोकान्तर

गगन अर्याल

गुल्मीको मालिका गाउँपालिकाका ३२ वर्षीय विक्रम (नाम परिर्वतन) र बुटवल उपमहानरपालिकाकी ३० वर्षीया रञ्जना (नाम परिर्वतन) २०७४ मंसिरमा विवाह बन्धनमा बाँधिए। 

१० वर्षको प्रेम सम्बन्धलाई उनीहरूले विवाहमा परिणत गरेका थिए। गाउँमा जन्मिएका विक्रम र शहरमा जन्मिएकी रञ्जनाबीच गाउँमा भेट हुँदा प्रेम सम्बन्ध गाँसिएको थियो। 

पछि परिवारकै सहमतिमा भव्य तबरले विवाह भएको थियो। विवाह गर्दा ससुराली पक्षले तराईमा घर वा जग्गा हुनुपर्ने शर्त राखेका थिए। विक्रमले गाउँको ऋण धन गरेर बुटबलमा जग्गा जोडेपछि विवाह भएको थियो।

त्यो समय विक्रमविना बाँच्न नसक्ने भन्दै रञ्जनाले नै विवाहका लागि जिद्दी गरेकी थिइन्। 

विवाह भएको १ वर्षपछि विक्रमले फेरि ऋण धन गरेर आफ्नी श्रीमतीलाई थप पढाइका लागि जर्मनी पठाए  । त्यहाँ पठाउँदा उनलाई झण्डै १९/२० लाख ऋण लाग्यो।

प्रकाशित मिति: : 2021-10-03 12:13:00

प्रतिकृया दिनुहोस्